उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

  • ४ भाद्र २०७७, बिहीबार
  • 1097 पटक पढिएको

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने  ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २४६ जना छन् भने देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४५ जना, प्रदेश २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार ९ सय २३ जना, गण्डकी प्रदेशमा ३ सय १५, प्रदेश ५ मा ८ सय ३७ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना र सूदुरपश्चिम प्रदेशमा ७ सय ५७ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या प्रदेश १ मा २ सय ५७ जना, प्रदेश २ मा २ हजार ७ सय ८९ जना, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सूदुरपश्चिम प्रदेशमा २८ गरी जम्मा ३ हजार ७ सय ७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ३९ प्रयोगशालाबाट ११ हजार ८ सय ३२ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल ५ लाख ६६ हजार २ सय २० पीसीआर परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ ।

राताेपाटी डटकम