ताजा अपडेट

निर्माण व्यवसायी महासंघका अध्यक्षले ठेक्का लिएकाे बेनी अस्पतालको भवन योजनामा ढिलासुस्ती

म्याग्दी ६ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा निर्माणधिन बेनी अस्पतालको भवन निर्माण योजनामा चरम ढिलासुस्ती भएको छ । २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको बेनी अस्पतालको ५० सैयाको अस्पताल भवन योजना निर्माण व्यवसायिको ढिलासुस्तीले अल्पत्र बन्न थालेको होे । निर्माण सम्पन्न गर्ने समय सकिएको १ बर्ष... पुरा पढ्नुहोस

म्याग्दीका योजनाको योजना आयोगका उपाध्यक्ष र प्रधानमन्त्रीका विकास सल्लाहकारद्धारा अनुगमन

म्याग्दी ६ मंसिर । म्याग्दीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र ठुला योजनाहरुको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाको टोलीले अनुगमन गरेका छन् । अनुगमनको सिलसिलामा म्याग्दी आइपुगेका उपाध्यक्ष कँडेल र विकास सल्लाहकार थपलिया नेतृत्वको प्राविधिक सहितको टोलीले यहाँका आयोजनाहरुको अनुगमन गरेका हुन् ।... पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहका बालबालिकालाई पुस्तक सहयोग

म्याग्दी ५ मंसिर । ३१ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर म्याग्दी सदरमुकाम बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई पुस्तक सहयोग गरिएको छ । नेपाल युवा परिषदको बेनी नगरपालिका– १० पात्लेखेत च्याप्टरले बालबालिकाका लागि उपयोगी हुने १५ हजार बराबरका पुस्तकहरु सहयोग गरेको हो । शुक्रबार बालगृहमा आयोजित कार्यक्रममा बालसंगठनका सभापति राजेश शाक्यलाई... पुरा पढ्नुहोस

आज छठ पर्वः सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

काठमाण्डौ ५ मंसिर । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष... पुरा पढ्नुहोस

समाजसेवी केसीद्धारा रघुगंगाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

म्याग्दी ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी समाजसेवी शिब केसीले कोरोना रोकथाम र नियन्त्रण तथा उपचारमा सघाउन स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्नुभएको छ । गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको लागि केसीले रु ७० हजार लागतमा १७ थान पल्स अक्सीमिटर र १५ सय थान मास्क सहयोग गर्नुभएको हो । जिल्लामा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा एक साताका लागि अत्याबश्यक बाहेकको सेवा बन्द

म्याग्दी ३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले मंसिर ३ देखि ९ गतेसम्मका लागि अत्याबश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनद्धारा जारी... पुरा पढ्नुहोस

विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० सम्म रोक लगाउने निर्णय

काठमाडौं ४ मंसिर। विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गते मध्यरातसम्म रोक लगाईएको छ । सरकारले नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोक्ने निर्णय गरेको हो । सो निर्णय ०७७ कार्तिक २४ मा मन्त्रिपरिषद् गरेको निर्णयको निरन्तरता हो । तर,... पुरा पढ्नुहोस

पिप्लेका घाइते रिजालको उपचारमा मौवाफाँटबासीबाट ९६ हजार सहयोग

म्याग्दी ३० कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सोही वडाको मौवाफाँटबासीले रु ९६ हजार बढी सहयोग गरेका छन् । गत कात्तिक ५ गते रुखबाट खसेर घाईते भई उपचाररत पिप्लेका २२ बर्षका अवतार रिजालको उपचारमा मौवाफाँटबासीले रु ९६ हजार... पुरा पढ्नुहोस

कारागारका कैदीबन्दीहरुलाई जीवन सुनचाँदी दुकानद्धारा सहयोग

म्याग्दी २९ कात्तिक ।  म्याग्दी कारागारमा रहेका कैदीबन्दीहरुलाई जीवन सुन चाँदी दुकान बेनीले २१ हजार नगद सहयोग गरेको छ। कारागारभित्र कैदीबन्दीले दिपावलीको अवसरमा आयोजना गरेको कार्यक्रममा आवश्यक सामान खरिद गर्न सञ्चालक जीवनबहादुर विश्वकर्मा र प्रबन्ध निर्देशक शंकर बराईलीले चौकीदार बसन्त रोकालाई नगद सहयोग हस्तान्तरण गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी... पुरा पढ्नुहोस

देशभर थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस