धौलागिरि हिमालमा नेपाली महिलाहरुको किर्तिमानी आरोहणको तयारी

  • १३ बैशाख २०७८, सोमबार
  • 954 पटक पढिएको

म्याग्दी, १३ बैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा अवस्थित धौलागिरी हिमालमा नेपाली महिलाहरुले किर्तिमानी कायम गर्नका लागि आरोहण गर्ने भएका छन् । हालै अन्नपुर्ण हिमालमा नेपाली महिलाहरुको तर्फबाट पहिलो पटक आरोहण गर्न सफल टोलीले धौलागिरी हिमालको आरोहण गर्न समेत लागेका हुन् ।


नेपालमा आठहजार भन्दा अग्लो धौलागिरि हिमालमा अहिल्यसम्म नेपाली महिलाहरुले सफल आरोहण गर्न सकेका छैनन् । हालै अन्नपुर्ण गाउँपालिका –५ नारच्याङ अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण प्रथम हिमालको सफल आरोहण गर्न सफल गोरखाकी पुर्णिमा श्रेष्ठसहित माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पाको टोली आराहोण गर्नका लागि सोमबार धौलागिरी बेशक्यापतर्फ लाग्नुभएको छ।


चार जना महिला आरोहीहरु सवारीसाधन हुदै धौवलागिरि गाउँपालिका– ७ ताकमबाट सोमबार हेलिकप्टरमार्फत धौलागिरिको आधार शिविरमा पुगेका छन् । सेभेन समिट टे«कमार्फत महिला आरोहीहरुले धौलागिरी हिमालको चुचुरोमा पुगेर कित्तिमानी राख्न लागेका हुन् ।


एक साताभित्रै ८ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर फर्किने टोलीको लक्ष रहेको आरोहण दलकी सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।