वैवाहिक बर्षगाँठको अवसरमा श्रीमतीलाई विमा पोलिसी उपहार

  • १३ बैशाख २०७८, सोमबार
  • 1531 पटक पढिएको

म्याग्दी १३ वैशाख । विवाहको बर्षगाँठको अवसरमा श्रीमान श्रीमती बिचमा आकर्षक विभिन्न उपहार आदान प्रदान गर्ने प्रचलन छ । तर एक पुरुषले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा श्रीमतीको जिवन विमा गरिदिएका छन् । लुम्बिनु प्रदेशको रुपन्देही जिल्ला घर भएका अमित पौडेलले विवाहको नवौँ बर्षगाँठमा आफ्नो श्रीमतीलाई रु १५ लाख बराबरको जिवन विमा पोलिसी उपहार दिनुभएको हो ।


व्यवसायिक क्षेत्रमा क्रियाशिल रहनुभएका पौडेलले प्राइमलाईफ इन्स्योरेन्स कम्पनीको बेनी उपशाखा मार्फत श्रीमतीको बिमा पोलिसी खरिद गरि उपहार दिनुभएको हो । पछिल्लो समय विभिन्न जन्मोत्सव, बिवाह, वर्षगाँठ आदिको अवसरमा होटल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउने प्रचलन बढ्दै गएको अबस्थामा पौडेलले फजुल खर्च गर्नुभन्दा जिवनको सुरक्षा र बचतका लागि आफुले श्रीमतीलाई विमा पोलिसी उपचार दिएको बताउनुभयो ।

पछिल्लो समय भविश्यको आर्थिक जोखिम न्युनिकरण र बचतका लागि विभिन्न अवसरहरुमा समेत बिमा पोलिसी उपहार दिने संस्कारको विकास भएको प्राइमलाईफ इन्स्योरेन्स कम्पनी बेनी उपशाखाका प्रमुख रविन जिसीले जानकारी दिनुभयो । नेपालकै विमा क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा चिनिदै आएको प्राइमलाइफ इन्स्योरेन्सले ल्याएका सेवा र सुविधाहरुप्रति आकर्षण बढेको जिसीको भनाई छ ।