ताजा अपडेट

बाग्लुङको बल्देधुरीमा होली खेल्ने क्रममा दुई समूहको झडप, दुई जनाको मृत्यु, केही वेपत्ता

बाग्लुङ,१५ चैत । बाग्लुङको बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होली खेल्ने क्रममा सामान्य विवादहुँदा दुई समूहको झडपमा परि दुई जनाको मृत्यु भएको छ । बाग्लुङ, गुल्मी र प्युठानको सिमाना बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होलीको अवसरमा भएको बनभोज कार्यक्रममा दुई समूहबीचको झडपमा नेपाली काङ्ग्रेसका जिल्ला नेता बर्ष ३६ का प्रकाश कुँवर र उनका साथी... पुरा पढ्नुहोस

होली पर्वको अवसरमा रुईसेटोलमा विविध कार्यक्रम

म्याग्दी, १५ चैत । होली पर्वको अवसरमा रघुगंगा गाउँपालिका– २ रुईसेटोलमा विविध कार्यक्रम गरिएको छ । न्यु जेनेरेशन युथ क्लव र प्रगतिशिल आमा समुहको आयोजनामा होली विशेष कार्यक्रममा ४० जना जेष्ठ नागरिकलाई फुलमालासहित फलफूल दिएर सम्मान गरिएको हो । कार्यक्रममा आयोजित म्युजिकल चियर प्रतियोगितामा प्रथम अप्सन भण्डारी, दिप्तृय सपना कार्की,... पुरा पढ्नुहोस

चिमखोलामा रमाईलो टोपा नाच प्रदर्शन (भिडियाे सहित)

म्याग्दी, १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएकाे छ। भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा टोलबाट महिलाहरुले टोपा नाच निकाल्ने गर्छन्... पुरा पढ्नुहोस

बेलायती राजकुमार ह्यारी प्रविधि कम्पनीमा जागिरमा लागे

चैत १५ । बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले... पुरा पढ्नुहोस

म्यानमारमा सैनिक बरवर्ता : एकैदिन ११४ प्रदर्शनकारीको हत्या, अन्त्येष्टिमा समेत गोली चल्यो

एजेन्जी चैत १५ गते । प्रजातान्त्रीक व्यवस्थालाई अपदस्त गर्दै सैनिक कु भएको म्यानमारमा ठुलो संख्यामा मानिसहरुको हत्या भैरहेको छ । म्यानमारमा शनिबार मारिएका ११४ जना प्रर्दशनकारीको अन्त्येष्टिमा भाग लिएका मानिसहरुमाथि सुरक्षा बलले गोली चलाएको छ । आइतबार यान्गोन नजिकै बागो टाउनमा आयोजित एक अन्त्येष्टि कार्यक्रममा चलेको गोलीबारीमा के कति क्षती... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

  काठमाण्डौ १५ चैत । लामो समयको तिक्कतापछि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा आईतवार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी... पुरा पढ्नुहोस

कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट

सुन्दरकुमार थकाली १५ चैत , जोमसोम । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)  सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोम-कोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै... पुरा पढ्नुहोस

मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु

म्याग्दी, १५ चैत । म्याग्दीको सदरमुकाम बेनीमा मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा आईतबारदेखि शिविर संचालन भएको हो । जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका धौवलागिरी, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन भएका शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि... पुरा पढ्नुहोस

दरबाङ्गमा हुने प्रथम मालिका महोत्सव स्थगित

म्याग्दी, १४ चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा चैत २७ गते देखि हुने प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै आयोजक म्याग्दी उद्योग बाणिज्य संघको मालिका इकाई समितिले महोत्सव स्थगित गरेको हो । मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको... पुरा पढ्नुहोस

खाेपारामा पर्यटन सहकारी मार्फत होटल सञ्चालन

म्याग्दी १४ चैत । म्याग्दीको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको म्याग्दीको पाउद्धार–खयर भारानी क्षेत्रमा भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरि खोपारा डाँडामा पर्यटन सहकारी मार्फत होटल सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ खोपारामा ‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो पटक पाउद्धारा पर्यटन सहकारी संस्था मार्फत होटल सञ्चालनमा ल्याईएको हो... पुरा पढ्नुहोस