म्याग्दीका विद्यालय दुईहप्ता बन्द

  • १४ बैशाख २०७८, मंगलवार
  • 1413 पटक पढिएको

 

म्याग्दी,१४ बैशाख । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड– १९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले दुईहप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको कारण यही बैशाख १५ गते बुधबारदेखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।


म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले कोरोना रोकथामका लागि यो निर्णय गरेको छ । बैठकले कोरोना भाइरसको परिक्षण दर बढाउने, कोरोना अस्पताल ब्यवस्थापन गर्ने, २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेको छ । पुजापाठ र विवाहमा पञ्चेबाजा बजाउन नपाउने र निश्चित संख्या भन्दा बढी भेला नगराउन आग्रह गरेको छ ।

बैशाख ९ गते ११ जना र आईतबार ६ जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण दर बढ्दो रहेपनि कोरोना रोकथामका निर्णयहरु कार्यान्वयनमा निर्णय गर्नेहरु नै जिम्मेवार बनेका छैनन् ।