दुर्गमका जनता महंगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी

  • १७ भाद्र २०७८, बिहीबार
  • 930 पटक पढिएको

 

म्याग्दी, १७ भदौ । भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघियताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याएपनि गुर्जामा पुग्न सकेको छैन् ।


जिल्लाको धवलागिरी गाउँपालिका– १ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका बस्तुहरु खरिदमा चर्को मुल्य तिररेर खान बाध्य भएका छन् । दिनुहँ खाद्यान्नको मुल्य बजारमा बढिरहनु र बजारको चामल, नुन, तेल लगायतको दैनिक प्रयोग हुने खाद्यान्नहरु गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भर ढुवानी गर्दा गुर्जाबासी दोब्वर मुल्यमा दैनिक उपभोग्य बस्तु खादै आएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए । सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा ४ घण्टादेखि ७ घण्टासम्म लाग्छ।
यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महंगो मूल्यमा खान बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताए । सडक पहुच गाउँपालिकाको वडानम्वर २मा आईपुगेको छ । तर बर्खायामको समयमा त्यहाँसम्म पनि सवारीसाधन आउदैनन् । त्यहाँबाट पैदलयात्रामा गुर्जा आउन ७ घण्टादेखि ९ घण्टासम्म लाग्छ । खच्चडले गाउँपालिकाको केन्द्र मुनाबाट खाद्यान्नहरु गुर्जाामा एकदिनमा पु¥याउछ ।

खाद्यान्नमात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही विरामी भएभने स्थानीयले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । सडक सञ्जाल नपुगेको ठाउँमा मात्र होईन, पुगेको ठाउँमा बर्षायामको समयमा खच्चडमा ढुवानी गर्न बाध्य रहेका छन् ।

गाउँपालिकाको केन्द्रदेखि वडानम्वर २ लुलाङमा संघ, प्रदेश, स्थानीय तहको पहलमा सडक पुग्न थालेको छ, भिर काट्नमात्र बाकी छ । ‘लुलाङदेखि यहाँ लगभग एक सय किलोमिटर सडक आवश्यक छ, यो तत्काल सम्भव नुहदाँ छन्त्याल जातीको बाहुल्य भएको गुर्जामा खाद्यान्न र सरकारी सुविधा लिन एकदिन हिडेर गाउँपालिका पुग्नुपर्ने बाध्यता रहदै आएको छ, तीन तहको सरकारले बजेट ध्यान दिएमा तीन,चार बर्षमा सडक पुग्ने सम्भावना रहेको छ, तर राजनीतिक दलको सरकार परिर्वतनको किचलोले यो पनि सम्भावना नरहेको वडा अध्यक्ष छन्त्यालले बताए ।

बेनी नगरपालिका बाहेक गाउँपालिका अन्तरगत मालिका, धवलागिरी, अन्नपुर्ण र रघुगंगामा विभिन्न दुर्गम गाउँमा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायमै रहेको छ । दुर्गम जनताको घरदैलोमा भएको समस्यालाई हेरेर तीन तहको सरकारले विकास निर्माण योजना र राज्यको सेवासुविधाहरु विशेष सहुलियतको ब्यवस्था र सेवा उपलब्ध गराउनमा ध्यान पुग्न आवश्यक छ । भने गाउँगाउँमा सडक सुविधाले हिउदँमा सवारीसाधन र बर्खायाममा मात्र खच्चडले ढुवानी गर्न खोज्दा खच्चड ब्यवसाय पनि लोपान्मुख अवस्थामा पुगेको छ।