कांग्रेसको ४३ वडामा नेतृत्व चयन

  • २० भाद्र २०७८, आईतवार
  • 1180 पटक पढिएको

म्याग्दी, २० भदौ । नेपाली कांग्रेस म्याग्दीले ४५ वडामध्ये ४३ वडामा नेतृत्व चयन भएको छ। शुक्रबार आयोजित वडा अधिवेशनबाट ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनसहित ४३ वडामा नेतृत्व चयन गरेको हो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल वडा सभापतिमा निर्वाचित भएको थिए भने अन्य सर्वसम्वत रुपमा नेतृत्व चयन भएको बताए ।

क्रियाशील सदस्यता नामावली नवीकरण नभएको कारणले अन्नपूर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको थियो । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्र नै गर्न सदस्यता नवीकरणका लागि केन्द्रीय समितिमा पहल गरेको भएको पाटी कार्यालयले जानकारी दिएको छ ।
धवलागिरि गाउँपालिकाको गुर्जामा केआइसिंह छन्त्याल, लुलाङमा ज्ञानबहादुर पाइजा, मुनामा जङ्गबहादुर भण्डारी, मुदीमा योगेन्द्र घर्ती, मल्कवाङमा अमर छन्त्याल, मराङमा योगेन्द्र गुरुङ र ताकममा थमबहादुर पुन वडा एकाइ सभापतिमा चयन भएका काँग्रेसको पालिका सभापति प्रेम पुनले जानकारी दिए।


मगंलामाको कुहुँमा रामबहादुर खत्री, बाबियाचौरमा श्रीभद्र शर्मा, बरंजाको ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र अर्मनमा तुलसीराम कँडेल सभापतिमा चयन भएका छन्। मालिका गाउँपालिकाको निस्कोटमा भबहादुर पुन, रुममा चन्द्रबहादुर पुन, डाँडागाउँमा हरिप्रकाश पुन, ओखरबोटमा तमबहादुर पुन, देविस्थानमा भकबहादुर घर्ती, दरबाङमा गोपाल गौतम र बीममा टुकमान गर्बुजा वडा सभापति चयन भएका छन्।
रघुगंगा गाउँपालिकाको बेगमा सूर्य गर्बुजा, भगवतिमा राजकुमार भण्डारी, पिप्लेमा अशोककुमार शाही, दग्नाममा कृष्ण गर्बुजा, झिँमा गोविन्द पाईजा, पाखापानीमा भेषकुमार शेरपुञ्जा, चिमखोलामा प्रदीप पाइजा र कुँयनेमंगलेमा गमान छन्त्याल चयन भएका छ ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा रेखिराम पुर्जा, दानामा सुरत केसी, नारच्याङमा समप्रसाद पुर्जा, शिखमा अर्जुन चोचाङ्गी, घारमा कृष्णप्रसाद बरुवाल र हिस्तानमा खुमबहादुर पुर्जा वडा सभापतिमा चयन भएका छन् भने दोवा र राम्चेमा सदस्य नविकरण भएपछि हुने म्याग्दीका सह–सचिव भरत रकालले बताए ।

बेनी नगरपालिकाको रत्नेचौरमा कोमल थापा, ज्यामरुककोतमा यामबहादुर कार्की, भकिम्लीमा जसबहादुर पुन, सिगांमा सुमन बानियाँ, अर्थुङ्गेमा जीवन पौडेल, बेनी– ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा हिमबहादुर भण्डारी, घतानमा सुवर्ण खत्री र पात्लेखेतमा शिवबहादुर शाही सभापतिमा चयन भएका छन्।