ताजा अपडेट

मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको अध्यक्षमा डेकबहादुर पुन चयन

बेनी, २१ चैत । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभा शनिबार बेनीमा सम्पन्न भएको छ । सभाले डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय अर्गनाइजेशनको जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र प्रचारप्रसार सचिवमा देवबहादुर घर्तिमगर चयन हुनुभएको छ... पुरा पढ्नुहोस

कुमारी बैंकद्वारा गलेश्वरमा वृक्षारोपण

म्याग्दी, २१ चैत । कुमारी बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसस्त्र प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो । शनिबार भएको कार्यक्रममा कुमारी बैंकका शाखा प्रवन्धक मिलन श्रेष्ठसहित कर्मचारी,... पुरा पढ्नुहोस

किसानलाई कृषि औजारमा अनुदान

म्याग्दी, २१ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकीकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराइएको हो ।  २६१ जना किसानलाई प्लास्टिक टनेल, ७८ जनालाई स्प्रे, ७४ जनालाई सिकेचर, २९... पुरा पढ्नुहोस

म्याग्दी कोरला कपको उपाधी पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङलाई

म्याग्दी २१ चैत । म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे  ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस

नगरस्तरीय पोषण सम्वन्धी अभिमुखीकरण

म्याग्दी, २१ चैत । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यसंग... पुरा पढ्नुहोस

मंगोल नेशनल अर्गनाईजेशनको दोस्रो जिल्ला अधिबेशन सुरु (फोटोफिचर )

म्याग्दी, २१ चैत । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको दोस्रो जिल्ला अधिबेशन बेनीमा सुरु भएको छ । मंगोलको दोस्रो जिल्ला अधिवेशन पुर्व बाजागाँजासहित बेनी बजारमा बृहत ¥याली प्रर्दशन गरिएको छ । अधिबेशनको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने आयोजकले जनाएको छ । पुरा पढ्नुहोस

बेग र बादुकको भूमे पुजामा साँस्कृतिक चिनारी (तस्बिर र भिडियाे सहित)

https://www.youtube.com/watch?v=ElbtBVeb0Hc     म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेग र बादुकमा भूमे पुजाको अवसरमा आफ्नो मौलिक कलासस्कृति प्रर्दशन गरिएको छ । स्थानीयले परम्परागत भूमे, मण्डली, मनीसिद्ध, मनीभारा लगायतको देउतालाई पुजा गर्दै मौलिक कलासस्कृति देखाएका हुन् । पुर्खा देखिनै मगर समुदायले रागो, बोकाँ र कुखुराको बली दिदै भुमेलाई... पुरा पढ्नुहोस

मिक्चरमा बेरिएर म्याग्दीका युवाको मुस्ताङमा मृत्यु

मुस्ताङ २० चैत । राष्ट्रिय गौरवको बेनी–जोमसोम –कोरला सडकअन्तरगत बेनी–जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको छ । सडक खण्डको घरपझोङ गापा –३ स्याङमा म्याग्दीको मंगला गाउँपालिका–४ का २० बर्षिय लालबहादुर रोकाको मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

बेनी– जोमसोम सडकमा एक सातापछि सिधा यातायात सुचारु

बेनी, २० चैत । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सेवा सुचारु भएको छ । सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरि सडक चौडा बनाउनका लागि गत चैत १४ गतेदेखि सिधा यातायात बन्द गरिएको थियो । गत पुसदेखि निर्माण कम्पनी... पुरा पढ्नुहोस

गण्डकीका नौ जिल्लामा एमालेकाे नेपाल समूहकाे समानान्तर संरचना घाेषणा

कास्की १९ चैत। नेकपा एमालेको माधव नेपाल समूहले गण्डकी प्रदेशका नौ जिल्लामा समानान्तर जिल्ला कमिटी सचिवालय घोषणा गरेको छ । बिहीबार बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पोखरामा भएको कार्यक्रममा संयोजक सुरेन्द्र पाण्डेले सातवटा जिल्लामा जिल्ला अध्यक्ष र सचिव चयन गर्दै जिल्ला सचिवालय घोषणा गरेका हुन् । केही जिल्लाका सचिव भने... पुरा पढ्नुहोस