सिटिजन लाइफ इन्स्योरेन्सद्धारा लिडर्स सम्मान

  • १८ आश्विन २०७८, सोमबार
  • 1596 पटक पढिएको

म्याग्दी १८ असोज । बेनीमा रहेको जिवन विमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले लिडर्सहरुलाई सम्मान गरेको छ । जिवन विमाको क्षेत्रमा योगदान गरेका लिडर्सहरुलाई विभिन्न पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापक अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, क्षेत्रीय शाखा प्रमुख दिपेन्द्र शर्मा, शाखा प्रमुख भावना पौडेल सुवेदी , सिनियर एजेन्सी म्यानेजर टुकबहादुर राना लगायतले लिडर्सहरुलाई सम्मान गर्नुभएको थियो ।

ममता पौडेलको स्वागत र विवेकचन्द ठकुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विमा सम्बन्धी उत्प्रेरणामुलक प्रशिक्षण समेत दिइएको थियो । उक्त अवसरमा शाखा प्रमुख सुवेदीले म्याग्दीमा ६ सय बढी अभिकर्ता सिटिजनमा आबद्ध रहेको र गाउँ गाउँमा विमाको महत्वबारे प्रचार प्रसार हुन थालेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सिटिजन लाइफ इन्स्योरेन्सले ल्याएका नविनतम सेवा र सुविधाले विमितहरुको आकर्षण बढेको बताउँदै विमाको नैतिकता र मापदण्डमा रहेर अभिकर्ताहरु ग्रामिण भेग केन्द्रीत भएर काम गर्नुपर्नेमा जोड दिईएको थियो ।