११ औँ तोरन्ल्ह गोल्डकपको उपाधी म्याग्दीको दरबाङलाई (भिडियो र तस्बिर सहित)

  • १७ आश्विन २०७८, आईतवार
  • 1839 पटक पढिएको

म्याग्दी १७ असोज । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न ११ औँ केन्द्रीय तारन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारोखेल प्रतियोगिताको उपाधि म्याग्दीको दरबाङमा रहेको थकाली सेवा समाज रातोढुंगा क्षेत्रले हात पारेको छ । आईतवार सम्पन्न प्रतियोगितामा बिजेता बेनको दरबाङ (रातोढुंगा)लाई नगद रु १ लाख सहित सुनको जलप भएको शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा काठमाण्डौ दोस्रो बनेको काठमाण्डौ क्षेत्र, तेस्रो बनेको पोखरा क्षेत्र, चौथो बनेको बुर्तिबाद्द क्षेत्र र पाँचो भएको थासाङ क्षेत्रलाई क्रमश नगद रु पचास हजार, पच्चिस हजार, दश हजार र पाँच हजार नगद सहित ट्रफि, मेटल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।


त्यसैगरि प्रतियोगितामा महेश तुलाचनलाई सर्वाधिक धनुषकर, अनुज शेरचनलाई विशिष्ट चनुषकर र टिकापुर क्षेत्रलाई अनुशासित टिमको उपाधि सहित नगद रु ७ हजारका दरले ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कत गरिएको थियो ।
प्रतियोगितामा थकाली समुदायका १८ समूहका १२६ जना खेलाडीहरुले सहभागीता जनाएका थिए । तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाइृ पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन, थकाली सेवा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पूर्व अध्यक्ष कृष्णकुमारी शेरचन लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।


हरेक तीन बर्षमा हुने तोरन्ल्ह गोल्डकप प्रतियोगिताको १२ औँ संस्करण मुस्ताङको घाँसामा गर्ने थकाली सेवा समाजले जनाएको छ । उक्त अवसरमा सगरमाथा हिमालको सफल आरोहण गर्न सफल बेनी निवासी पाईलट सोवित गौचनलाई सम्मान समेत गरिएको थियो । थकाली समुदायको पुख्यौली खेलको रुपमा रहेको ताराखेललाई संरक्षण, संवद्धन र पूस्ता हस्तान्तरणको लागि हरेक तीन बर्षमा आयोजना हुने तोरन्ल्ह गोल्डकप सञ्चालन गर्न थकाली सेवा समितिले रु ५१ लाख बढीको अक्षयकोष समेत स्थापना गरिसकेको जनाएको छ ।