हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान (तस्बिर)

  • १८ आश्विन २०७८, सोमबार
  • 677 पटक पढिएको

बेनी, १८ असोज । गत बैशाख२८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई बेनीमा सम्मान गरिँदै । थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा गौचनलाई पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन मार्फत खादा र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । बेनी क्षेत्रबाट सगरमाथा आरोहण गर्ने गौचन पहिलो व्यक्ति हुनुहुन्छ ।

तस्बिर : कमल खत्री