सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम सम्मानित

  • २७ मंसिर २०७८, सोमबार
  • 742 पटक पढिएको

 

बागलुङ, २७ मंसिर । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेड १५ औं वार्षिक साधारणसभाका अवसरमा पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको कोषबाट नगद १० हजार सहित गौतमलाई सम्मान गरिएको हो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले गौठमलाई प्रदान गर्नुभएको । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष गौतम बेनी साप्ताहिक बेनी अनलाइनका प्रकाशक तथा नागरिक दैनिकका सम्बाददाता हुनुहुन्छ ।

पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर रु. ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गर्नुभएको थियो ।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । अहिले उक्त कोषको रकम रु. एक लाख पु¥याइएको छ । पुरस्कार ग्रहणपछि पत्रकार गौतमले पत्रकारिता क्षेलाई थप गतिशिलदिन आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो