माओवादी गण्डकीको अध्यक्षमा गुरुङ, म्याग्दीबाट ११ जनाको प्रतिनिधित्व

  • २७ मंसिर २०७८, सोमबार
  • 978 पटक पढिएको

 

पोखरा, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यीय समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती चयन गरेको हो । समितिमा म्याग्दीका ११ जनाले प्रतिनिधित्व गर्नुभएको छ ।

पोखरा सभागृहमा शनिबारबाट शुरु भएको अधिबेशनमा अध्यक्षका आकाक्षी धेरै देखिए पछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्षमा प्रस्ताब गरी निर्वाचित गरिएको हो । प्रदेशका उपााध्यक्ष, सचिब सहितका आठ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचिन गरिने छ । २०३६ साल कार्तिक १० गते तनहुमा जन्मनु भएकी गुरुङले अध्यक्ष निर्वाचित भए पश्चात सिङगो गण्डकीमा राम्रो नयाँ टिम बनाएर काम गर्ने बताउनुभयो ।

]’

अध्यक्षले मात्र केहि गर्न नसक्ने बताउदै गुरुङले सबैलाई मिलाएर नमुना पार्टी बनाउने बताउनुभयो । तनहुमा बि

pद्यार्थी इकाई हुदै कास्कीमा बिद्यार्थी अध्यक्ष, धौलागिरी महिला संयोजक, पर्वतमा पार्टी सचिब, मुस्ताङमा दुई कार्यकाल पार्टी अध्यक्ष बन्नु भएकी गुरुङ गण्डकी प्रदेश सभामा प्रमुख सचेतक रहनु भएको छ ।

तीन दिन चलेको अधिबेशनमा एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा सबै पालिका समितिहरु पश्चात प्रदेश अधिबेशन गरिएको हो ।

प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट पालिकाहरुबाट छ सय, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ गरी आठ सय ४६ जना प्रतिनिधि सहभागी रहेको थियो ।

समितिमा म्याग्दीका बिनोद केसी, रेशम जुग्जाली, पदम पुन, खुमनाथ सुबेदी, बुद्धी पुन, रिम कटुवाल, ज्योती लामिछाने, पदम किसान, चन्द्र बुढा, खुमनाथ सुबेदी, गौरी सेञ्चुरी, मनमाया चोचाङ्गी सदस्य चयन हुनुभएको छ ।