मौवाफाटँमा एमालेको कार्यालय स्थापना

  • २७ मंसिर २०७८, सोमबार
  • 772 पटक पढिएको

 

म्याग्दी, २७ मंसिर । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा कार्यालय स्थापना गरेको छ । आईतर गाउँपालिका केन्द्रमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गरेका हुन् । उद्घाट्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी स्थानीय तह, प्रदेश र संघ चुनावमा कार्यकर्तासंग नजिक भएर विभिन्न गतिविधि अघि बढाउन सहज हुने बताए ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी, प्रदेश सदस्य तर्क केसी, जिल्ला सदस्य खिमबहादुर शाही लगायत कार्यकर्ताको उपस्थित रहेको थियो । गाउँपालिका कमिटि अध्यक्ष दिपक कार्कीको अध्यक्षता, उपाध्यक्ष गमबहादुर पुनको स्वागत र सचिव झलक आचार्यको संचालनमा सम्पन्न भएको थियो ।