ताजा अपडेट
बेनीमा एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण
- 4 बर्ष, 1 महिना अगाडि
- २७ फाल्गुन २०७८, शुक्रबार
म्याग्दी २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रवार बेनीमा सम्पन्न गरेको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम् स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले पार्टीको मुल्य, मान्यता र सिद्धान्तलाई जनतामाझ लैजान जनताको घरदैलोमा पुग्न नेता... पुरा पढ्नुहोस
पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना
- 4 बर्ष, 1 महिना अगाडि
- २७ फाल्गुन २०७८, शुक्रबार
बगरफाँट, २७ फागुन । म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा रु. एक लाख हस्तान्तरण गर्नुभयो । शर्मा... पुरा पढ्नुहोस
मालिकामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा गठन
- 4 बर्ष, 1 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
दरबाङ, २६ फागुन । म्याग्दीको मालिका गाउँपालिकामा बिहिबार नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चाको संगठन कमिटि चयन भएको छ । दरवाङमा भएको दुई वटै संगठनको संयुक्त सम्मेलनबाट भोमसरा रोकाको अध्यक्षतामा अनेमसंघ क्रान्तिकारीको ३५ सदस्यीय र दलबहादुर खड्काथोकीको अध्यक्षतामा ४५ सदस्यीय दलित मुक्ति मोर्चा गठन भएको हो... पुरा पढ्नुहोस
पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र, निर्माण कम्पनीलाई ताकेता गर्न माओवादी केन्द्रको ध्यानकर्षण
- 4 बर्ष, 1 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
म्याग्दी २६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरुबिच... पुरा पढ्नुहोस
सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते
- 4 बर्ष, 1 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
खाँदबारी, २६ फागुन । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको... पुरा पढ्नुहोस
१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन
- 4 बर्ष, 1 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
पर्वत, २६ फागुन । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । पर्वत जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी... पुरा पढ्नुहोस
स्थानीय तहमा अस्पताल:मंगला र धवलागिरिमा ढिलासुस्ती,अन्नपूर्णमा निर्माणधिन,रघुगंगामा अन्योल
- 4 बर्ष, 1 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
कमल खत्री बेनी, २६ फागुन । संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको छ । [caption id="attachment_58442" align="alignnone" width="960"] बेगमा अस्पतालको लागि... पुरा पढ्नुहोस
बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने
- 4 बर्ष, 1 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
म्याग्दी २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने भएको छ । लिड्स नेपालको सहयोगमा संरक्षक समाज म्याग्दीले फागुन २८ गते बेनीमा उक्त शिविर आयोजना गरेको हो । बेनी अस्पतालमा हुने उक्त शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर राजन घिमिरे लगायतले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने जनाइएको छ... पुरा पढ्नुहोस
धवलागिरि गाउँपालिकाकाे कल्लेनीमा बिजुली बल्यो
- 4 बर्ष, 1 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
म्याग्दी, २५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ । जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मङ्गलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको... पुरा पढ्नुहोस
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
- 4 बर्ष, 1 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
बागलुङ २५ फागुन । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम... पुरा पढ्नुहोस