ताकमको हिलापोखरीमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति गठन

  • १७ चैत्र २०७८, बिहीबार
  • 1129 पटक पढिएको

म्याग्दी, १७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकमस्थित हिलापोखरीमा नेकपा माओवादी केन्द्रले निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्र धवलागिरी गाउँपालिका कमिटी र वडाकमिटीको पदाधिकारीको उपस्थितमा हिलापोखरीमा ज्ञानबहादुर परियार संयोजक र रेशम परियार सह–संयोजक रहेको २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।


वडा कमिटीले हिलापोखरीमा वाईसियल परिचालन समिति पनि गठन गरेको छ । वाईसियलको संयोजकमा विकास परियार र सह–संयोजकमा टकप्रसाद परियार रहेको १५ सदस्यीय परिचालन परिचालन समिति गठन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य किरण थापाले जानकारी दिनुभयो ।

धवलागिरि गाउँपालिका ७ को वडा कमिटीको बैठकले आगामी २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनको लागि वडा कमिटीका अध्यक्ष अशोक खत्रीलाई वडा अध्यक्ष पदको उम्मेद्वारमा सर्वसम्मत गरेपछि वडा कमिटीले घरदैलो कार्यक्रमसहित टोलटोलमा निर्वाचन र वाईसियल परिचालन समितिलाई तिव्रता दिएको जिल्ला समन्वय समितिका सदस्य थापाले बताउनुभयो ।

हिलापोखरीमा जिल्ला सदस्य थापा, वडाअध्यक्षका उम्मेद्वार एवम् वडा कमिटीका अध्यक्ष खत्री, दलित मुक्ति मोर्चा धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम दमाई र वाईसियल धवलागिरी गाउँपालिकाका संयोजक अमृत थापाले सक्षम ब्यक्तिलाई वडाको नेतृत्वमा पु¥याउन घरदैलो अभियानलाई तिव्रता दिएका छन् । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडातहबाट उम्मेदवार छनौट र निर्वाचन गतिविधिलाई तिव्रता दिएको छ।