म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण

  • १७ चैत्र २०७८, बिहीबार
  • 608 पटक पढिएको

बेनी १७ चैत । म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा विहिबार बेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस केन्द्रीय निति ,अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य तथा लगानी पुर्वाधार र रोजगार विशेष समिति अन्तर्गत गरि खाने अभियानका सिइयो योगराज कँडेलले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा आर्थिक रुपमा बिपन्न दलित ,जनजाती तथा पिछडीएका समुदायलाई उद्यमशिल बनाई आर्थिक रुपमा समृद्ध बनाउन अभियानले सहयोग गर्ने बताउनुभयो । गरिखाने कार्यक्रम स्वनिर्भर, उद्यमशील, आर्थिक हिसावले सबल र सक्षम बन्न चाहाने हरेक नेपालीहरुका लागि चलाइने राष्ट्रव्यापी अभियान भएको उहाँले बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा नवलपुर पाइलट प्रोजेक्टका लागि छनौट भएको बताउँदै म्याग्दीमा पनि लागु हुने जानकारी दिनुभयो । पाइलट प्रोजेक्ट अन्तर्गत आर्थिक स्रोत जुटाउने,सिप विकास र व्यवसायीक बनाउन अभियानले सहयोग गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेतृ गौचनले अभियानले आर्थिक रुपमा विपन्न दलित ,जनजाती र पिछडीएका वर्गलाई उद्यमशिल बनाउन थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाका ६ वटै स्थानीय तहबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।