ताजा अपडेट

मोनाको चौथो महाधिवेशनको तयारी पुरा

म्याग्दी, १ कात्तिक । कात्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी पुरा भएको छ। मोनाले सोमबार बेनीस्थित रहेको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी भोली देखि सुरु हुने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो । कोभिड विरुद्ध जनस्वास्थ्य मापदण्डहरुलाई... पुरा पढ्नुहोस

पाक्दै गरेको राखुको धान फाटँ (तस्विरमा)

म्याग्दी, १ कात्तिक । निलगिरी र अन्नपुणर् हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीको पाक्दै गरेको धानको फाटँ । राखुको उर्भर भूमि चिनिने यस फाटँमा कृषकले धान, गहुँ लगायतको खेती बाहेक ब्यवसायिक रुपमा आम्दानी हुने खेती गर्न सकेका छैन् । स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी कम गर्दा यहाँका कृषकले निर्वाहमुखी खेती... पुरा पढ्नुहोस

दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा

म्याग्दी, ३१ असोज । दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको फाईनलमा बागलुङका बालचन्द्र बराल र म्याग्दीकी शोभा कार्कीको टिम पुगेको छ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनमा ३७ टिमलाई पछि पार्दै बागलुलङका बराल र म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम फाईनलमा पुगेको... पुरा पढ्नुहोस

मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता

म्याग्दी, ३१ असोज । नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कार्तिक २ र ३ गते बेनीमा हुने भएको छ। मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ। समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव... पुरा पढ्नुहोस

बेनीकोतमा पूर्वाधार निर्माण

बेनी, ३१ असोज । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीणर् भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र... पुरा पढ्नुहोस

पित्तलको छानोमा गलेश्वर मन्दिर

  म्याग्दी ३० असोज । प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखिएको छ । बेनी नगरपालिका-९ स्थित गलेश्वर शिवालय मन्दिरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको छानालाई पित्तलले छाएपछि आकर्षक देखिएको छ । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।... पुरा पढ्नुहोस

आज विजयादशमी- विहान १०ः०२ बजे टीकाको उत्तम साईत

  काठमाडौं २९ असाेज । नेपालीहरूको महान् चाड बडादसैंको दसौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण... पुरा पढ्नुहोस

मौवाफाँट भगवतीदेवी कोतमन्दीरमा यस्तो रह्यो नवमी पुजा ( फोटो फिचर)

म्याग्दी २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको भगवतीदेवी कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बिशेष पुजा गरिएको छ । नवमीमा सरकारी राँगो मार हान्न (काट्न) रु ७५ हजारको बोलकबोल भएको थियो । बुधवार साँझ कालरात्रीमा भएको बढीबढाउमा मौवाफाँटका सुवास भण्डारीले सर्वाधिक रु ७५ हजार रकम कबोल गरेर सरकारी... पुरा पढ्नुहोस

भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (फोटोफिचर)

म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा... पुरा पढ्नुहोस

मौवाफाँट भगवतीदेवीमा भण्डारी र पिप्लेमा कार्कीले सरकारी मार हान्ने

म्याग्दी २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको भगवतीदेवी कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हान्न (काट्न) रु ७५ हजारको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा मौवाफाँटका सुवास भण्डारीले सर्वाधिक रु... पुरा पढ्नुहोस