पूर्णगाउँको चिनारी गीतको म्युजिक भिडियो छायांकन

  • २० चैत्र २०७८, आईतवार
  • 1111 पटक पढिएको

म्याग्दी २० चैत । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको चिनारी गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । कलाकारीता र साँगेतिक क्षेत्रबाट गाउँलाई देशविदेशमा चिनाउने उदेश्यले स्थानीयबासी समेत रहनुभएका कलाकार बाबुराम रसाईलीको नेतृत्वमा उक्त चिनारी गीतको म्युजिक भिडियो तयार गर्न लागिएको हो ।


बाबुराम रसाईलीको लय शब्द सिर्जना रहेको गीतमा सर्जक रसाईली र रजिना राईले स्वर दिनुभएको छ । पर्यटकीय स्थल टोड्के र पूर्णगाउँका विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा कर्ण पाईजा, पबिता पुन, मनिषा खाती लगायतले अभिनय गर्नुभएको छ । ध्रुव जिसीको निर्देशन, राजकुमार परियारको नृत्य निर्देशन रहेको म्युजिक भिडियो किरण कार्कीले छायांकन गर्नुभएको छ ।