बेनपा–६ का वडा अध्यक्षले सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरको भन्दै विरोध
- १९ चैत्र २०७८, शनिबार
- 1229 पटक पढिएको
म्याग्दी १९ चैत । म्याग्दीको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा आफ्ना कार्यकर्तामाथि अमानविय व्यवहार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले विरोध जनाएको छ ।
माओवादी वडा कमिटीका सदस्य बालकुमार बानियाँलाई एमाले जिल्ला कमिटी सदस्य एवम् वेनपा–६ का वडा अध्यक्ष बानियाँले चैत १८ गते बेनी स्थित सामुदायिक विद्यालय चोकमा अभद्र व्यवहार गरि सार्वजनिक स्थलमा अमानविय व्यवहार गरेको भन्दै माओवादी बेनी नगर कमिटीले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । माओवादी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीद्धारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने कार्यको भर्सना गर्दै यस्ता क्रियाकलापमको अन्त्य नगरेमा सशक्त प्रतिकार गर्ने चेतावनि समेत दिईएको छ ।