बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

  • २० चैत्र २०७८, आईतवार
  • 763 पटक पढिएको

म्याग्दी, २० चैत । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आइतवार बेनीमा मनाईएको छ । जिल्ला सहकारी संघको आयोजनामा सहकारी संस्थाका संचालक र कर्मचारी लगायतको उपस्थितमा दिवस मनाईएको थियो ।

जिसस सभाहलमा भएको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीले नेपालीलाई बचत गर्ने बानीको विकास गरेको बताउनुभयो । उहाँले सहकारीको लगानी उत्पादन र उद्यमशिलता क्षेत्रमा गर्न सहकारी संचालनलाई आग्रह गर्नुभएको थियो ।

सहरकारीले उद्यमशिलतामा लगानी बढाएर देशमा आयातलाई घटाउने र निर्यातलाई बढाउनमा सहयोग पुग्ने किसिमले पुँजीलाई परिचालन गर्न सहकारी संचालन र कर्मचारीलाई ध्यानाकर्षण गराउनुभयो । सहकारी कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता र स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव ज्योती लामिछानेले गर्नुभएको थियो । संघीयता कार्यान्वयनसँगै सहकारीको अधिकार स्थानीय तहसम्म पुगेपछि सहकारी क्षेत्रले फस्टाउने अवसर पाएको सचिव लामिछानेले बताउनुभयो । जिल्लामा रहेका सहकारी संस्थाहरुले ब्यानरसहित बजार परिक्रमा गरेका थिए ।