रघुगंगामा नेपाल बुद्धिजिवी संगठन गठन

  • १९ चैत्र २०७८, शनिबार
  • 857 पटक पढिएको

म्याग्दी १९ चैत । नेकपा (माओवादी केन्द्र) को भातृ संगठडन नेपाल बुद्धिजिवी संगठनको रघुगंगा गाउँपालिका स्तरीय समिति गठन भएको छ । शनिवार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पार्टीको सम्पर्क कार्यालयमा आयोजित एक भेलाबाट श्रीकृष्ण रिजालको अध्यक्षतमा नेपाल बुद्धिजिवी संठगठनको रघुगंगा पालिका कमिटी गठन भएको हो ।


समितिको सचिबमा मिन बहादुर कटुवाल, सहसचिबमा सुस्मा केसी, कोषाध्यक्षमा ताराबहादुर शाही रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा शालीग्राम रिजाल, भक्तबहादुर चन्द, हर्कबहादुर भण्डारी, राजु पाण्डे, सुविन शेरपुञ्जा, प्रकाश सुवेदी, याम केसी, भविन्द्र शेरपुञ्जा, लक्ष्मी केसी, यमुना कार्की, गोविन्द रिजाल , रचना कटुवाल लगायत रहनुभएको छ ।

संगठनका जिल्ला संयोजक रामबहादुर पौडेलको अध्यक्षता र गण्डकी प्रदेश सम्मेलन आयोजक समितिका सदस्य कृष्ण बहादुर थापाको प्रमुख आतित्यथामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी, इन्चार्ज रिम कटुवाल लगायतको समेत उपस्थिति रहेको थियो ।