म्याग्दीमा विकास खर्च न्यून्

  • २० चैत्र २०७८, आईतवार
  • धिरन खत्री
  • 919 पटक पढिएको

 

म्याग्दी, २० चैत । चालु आर्थिक बर्षको साढे आठ महिनामा म्याग्दीमा विनियोजित बजेटमध्ये विकासतर्फको बजेटमा न्यून खर्च भएको छ। जिल्लामा रहेका विकास योजनामा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च आठ महिनामा न्यून देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक बर्षको चैत १५ गतेसम्म पुँजीगतको संघतर्फ १२ दशमलब ६७ प्रतिशत र प्रदेशतर्फ २८ दशमलब २३ प्रतिशत खर्च भएको हो ।

आर्थिक बर्ष २०७८/०७९ मा पँुजीगतको संघतर्फ रहेको ५३ करोड १६ लाख ९२ हजार रुपैयाँ बजेटमध्ये ६ करोड ७३ लाख ७० हजार रुपैयाँ (१२ दशमलब ६७) प्रतिशत खर्च भएको छ । विकासमा प्रदेशतर्फ रहेको कुल ६२ करोड ६८ लाख ५० हजार रुपैयाँ बजेटमध्ये १७ करोड ७० लाख ६ हजार २७५ रुपैयाँ बजेट (२८ दशमलब २३) प्रतिशत खर्च भएको कोेष नियन्त्रक युक्तप्रसाद शर्माले जानकारी दिनुभयो । ‘संघतर्फ रहेका बजेटमध्ये लगभग ५० करोड रपैयाँ बजेट संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनामा रहेको र योजनाहरु संचालन भइरहेको र भुक्तानी नहुदाँ बजेट खर्च न्यून देखिएको जनाइएको छ । बाकी बजेट संघतर्फका नापी, कोलेनीका, प्रहरी हुलाक लगायतको ल्यापटप र फर्निचर खरिदमा रहेको कोलेनिकाले जनाएको छ ।

आर्थिक बर्षको आठ महिनामा संघ तथा प्रदेशको ४० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको छ । तर विकासतर्फको बजेट कार्यान्वयनमा साउन भदौ बर्खा, असोज कात्तिक चाडपर्व र मंसिर पुष लगायतको महिना जाडो र कोभिडका कारण सोचे जस्तो रुपमा विकास खर्च हुन नसकेको देखिएको कोष नियन्त्रक शर्मा बताउँनुहुन्छ। “विकास योजनाहरुको काम भईरहेको छ, ती योजनाहरुको भुक्तानीको चरणमा छ”, उहाँले भन्नुभयो ।

त्यस्तै प्रदेशतर्फ रहेको विकासतर्फको बजेटमध्ये पुर्वाधार विकास कार्यालयको ३८ करोड ४२ लाख ३० हजार रुपैयाँ बजेटमध्ये १२ करोड १९ लाख ४१ हजार रुपैया बजेट खर्च भएको छ । उक्त कार्यालयको उपलब्धी ३२ प्रतिशत देखिन्छ । पुर्वाधार तर्फ काम भईरहेको कारण चैत महिनामा ४० प्रतिशत खर्च पुग्ने जनाइएको छ । सरकारले आर्थिक बर्ष अन्तिम चौमासिकमा हुने विकास निर्माणमा हुने खर्च हुने प्रवृतिमा सुधारका कार्यक्रम गरिरहेपनि चालु आर्थिक बर्षको आठ महिना वितिसक्दा खर्च गर्ने प्रवृत्ति सुधार भएको देखिदैन् ।

कोलेनिकाले म्याग्दीमा रहेका ६ वटा पालिकालाई आठ महिनामा निकास भएको बजेट समेत सार्वजनिक गरेको छ । आन्तरिक आय र राजश्व बाडफाडँ बाहेक पालिकाको चालु आवमा बेनी नगरपालिकामा कुल रु. ५० करोड ३१ लख बजेटमध्ये निकास २६ करोड ८५ लाख ६४ हजार रुपैयाँ भएको छ । गाउँपालिका तर्फ मंगलामा कुल ३१ करोड ९१ लाख १२ हजार रुपैयाँ बजेटमध्ये १८ करोड १३ लाख रुपैयाँ बजेट निकासा भएको छ । रघुगंगामा कुल ३२ करोड ८१ लख ७१ हजार रुपैयाँ बजेटमध्ये १७ करोड ४३ लाख २९ हजार रुपैया निकास भएको छ । अन्पूर्णमा यस आर्थिक बर्षमा ३२ करोड ४ लाख ६८ हजार रुपैयाँ बजेटमध्ये निकास १८ करोड ६३ लाख ४२ हजार रुपैया भएको छ ।

धवलागिरीमा कुल २९ करोड ९७ लाख ७८ हजार रुपैया बजेटमध्ये निकासा १५ करोड ५० लाख ३४ हजार भएको छ । त्यस्ते मालिकामा कुल ३३ करोड ३४ लाख २६ हजार रुपैयाँ बजेटमध्ये १६ करोड ४२ हजार २८ हजार रुपैया बजेट निकासा भएको कोलेनिकाले जनाएको छ । आठ महिना वितिसक्दापनि विकास तर्फ सोचेजस्तो खर्च नहुनुले जनप्रतिनिधि र कर्मचारीको कार्य क्षमतामा प्रश्न उठीरहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l