ताजा अपडेट

गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको चहलपहल (तस्बिर र भिडियाे)

म्याग्दी १७ मंसिर ।  पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए । https://www.youtube.com/watch?v=IrAxG1x1evc बालाचतुर्दशी पर्वलाई... पुरा पढ्नुहोस

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा

चितवन १६ मंसीर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका... पुरा पढ्नुहोस

सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै

म्याग्दी १६ मंसिर । म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ । जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै... पुरा पढ्नुहोस

पिप्ले–भगवती सडक कालोपत्रे योजनालाई गति दिन चौतर्फि दबाब

  https://www.youtube.com/watch?v=XdJblhrLZak बेनी, १६ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अन्तर्गत पिप्ले भगवती खण्डको कालोपत्रे काम सक्न चौतर्फि दबाब दिइएको छ । निर्माण कार्यमा जनशक्ति थप गर्न सरोकारवालाहरुले दबाब दिएका छन् । विहिवार गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुुख देवेन्द्र बहादुर... पुरा पढ्नुहोस

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

बागलुङ १६ मङ्सिर । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ... पुरा पढ्नुहोस

म्याग्दीका ग्रामिण भेगका साघुँरा सडक : ‘मृत्युमार्ग बन्ने जोखिम’

कमल खत्री बेनी, १६ मङ्सिर । म्याग्दीका पहाडी भूगोलमा आबश्यक मापदण्ड पुरा नगरिकन विस्तार गरिएका सडक मृत्युमार्ग बन्ने जोखिम बढेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मंङ्सिर १३ गते सोमबार साझ म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा... पुरा पढ्नुहोस

घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा

चितवन, १५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीसँग... पुरा पढ्नुहोस

कांग्रेसको केन्द्रिय सदस्यमा बानियाँ र प्रदेश समितिको उपसभापतिमा महतको उम्मेद्वारी घोषणा

म्याग्दी, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीका दुई नेताले केन्द्रीय सदस्य र गण्डकी प्रदेश कार्य समितिको उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दीका निर्वतमान जिल्ला सभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा र पुर्व सह-सभापति नेत्र महतले गण्डकी प्रदेशको उप-सभापतिमा उम्मेदवारी घोषणा... पुरा पढ्नुहोस

खहरेमा जीप दुर्घटना, एक जनाको मृत्यु

बागलुङ १५ मंसिर । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज विहान करिब ५ बजे बा १८ च ५६७७ नम्बरको रातो पिलेटको पिकअप जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७... पुरा पढ्नुहोस

आजदेखि राप्रपा महाधिवेशनः थापा र लिङ्देन भिड्दै

काठमाडौं १५ मंसीर। राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा० को एकता महाधिवेशन आजबाट सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय... पुरा पढ्नुहोस