मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

  • १ जेष्ठ २०७९, आईतवार
  • 831 पटक पढिएको

म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा उपाध्यक्ष्मा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ति पुनले ३ हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाउनुभयो । उपाध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्षमा १२१, उपाध्यक्षमा २१ र वडा अध्यक्षमा ५८ मतान्तरले जितेका हुन् ।


नेकपा एमालेको मालिका गाउँपालिका कमिटी अध्यक्ष रहेका गर्बुजा वि।स। २०७४ को चुनावमा काँग्रेसका रोकासँग ८५ मतले पराजित हुनुभएको थियो । मालिका गाउँपालिका वडा नम्बर ७ को स्थायी बासिन्दा गर्बुजा किसानी प्राविधिक शिक्षालयको संस्थापक हुनुहुन्छ ।


१३ हजार २०१ मतदाता रहेको मालिका गाउँपालिकामा ८८४५ मत खसेको थियो । मालिकामा ३७ पदका लागि १४७ जना चुनामी मैदानमा उत्रिएका छन् । ७ वटा वडा रहेको मालिकामा एमाले र काँग्रेसले ३÷३ र माओवादीले एक वटा वडा जितेका छन् । वडानम्बर १ मा काँग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयबहादुर बुढाथोकी, ३ मा माओवादीका मोतिप्रसाद बुढा, ४ मा काँग्रेसका भिजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिम पुन, ६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।