मालिका–६ मा नेकपा एमालेको प्यानल विजयी
- १ जेष्ठ २०७९, आईतवार
- 673 पटक पढिएको
म्याग्दी, १ जेठ । मालिका गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पदम बहादुर रोकाले ५७४ मत लिएर विजयी हुनुभएको हो ।
वडा अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसले ५३३, नेकपा माओवादीले १२५ र मंगोलले ११३ मत प्राप्त गरेका छन । त्यस्तै गाउँपालिका अध्यक्षमा एमालेका बेग प्रसाद गर्वुजाले ५६३, काँग्रेसका श्रीप्रसाद रोकाले ५२३ र माओवादीका रेशम जुग्जालीले १८१ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा एमालेका लक्ष्मी पुनले ५६४, काँग्रेसका पिपला बुढाले४९६ र माओवादीका गौरी सेन्चुरीले १२५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।