मंगला – ४ मा काँग्रेसको प्यानल विजयीः पालिकामा एमालेको अग्रता

  • १ जेष्ठ २०७९, आईतवार
  • 974 पटक पढिएको

 

म्याग्दी, १ जेठ । म्याग्दीको मंगला गाउँपालिका –४ बरंजामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा लाल बहादुर रोकाले ३३३ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी वुढाथोकीले ३०५ र नेकपा माओवादीकी मनमाया चोचाङेले २८५ मत प्राप्त गर्नुभएको छ ।


त्यस्तै सदस्यहरुमा नेपाली काँग्रेसबाट होममाया पुन, श्रीकला विश्वकर्मा, हरि पनु र होम बहादुर बुढाथोकी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

यो संगै मंगलाको ४ वटा वडाका मत गनेर सकिएको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत प्रसाद रोकाले २ हजार ९९८, काँग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ६०, माओवादीका टेक बहादुर विश्वकर्माले १ हजार २७०, राप्रपाका योगेन्द्रमान शेरचनले ८८ र मंगोलक गिरु रोकाले १४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीले ३ हजार १०७, काँग्रेसका शर्मिला थापाले १ हजार ९९८, माओवादीका सुकमाया रोकाले १ हजार १८७ र मंगोलका विन्दु मल्लले १०७ मत प्राप्त गर्नुभएको छ । मंगलामा नेकपा एमाले अग्रस्थानमा छ ।अव मत गन्न वडा नम्वर ५ मात्रै बाँकी रहेको छ । जहाँ २ हजार १ सय ९ मत खसेको थियो । मंगलामा नेकपा एमालेले वडा नम्वर १, २ र नेकपा माओवादीले वडा नम्वर ३ मा यसअघिनै जित हाँसिल गरेको छ ।