मानवताकाे सन्देश : सडकमा भेटाएको सुनको सिक्री फिर्ता

  • २० भाद्र २०७९, सोमबार
  • 575 पटक पढिएको

म्याग्दी २० भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक युवतिले सडकमा भेडाएको सुनको सिक्रीलाई सामाजिक सञ्जाल मार्फत सम्बन्धीत व्यक्तिको खोजी गरि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको छ । सोमबार विहान बेनी स्थित गणेशटोलको गणेशमन्दिरको सडकमा सुनको सिक्री फेला पार्नुभएकी रघुगंगा गाउँपालिका–२ भगवतीकी सजना केसीले आफुले सिक्री भेटाएको सम्बन्धमा प्रहरीलाई समेत जानकारी गराएर सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको थियो ।

उक्त सिक्रि भेटिएकै ठाउँमा आइतवार राती आफ्नो सिक्री हराएको भनी जलजला गाउँपालिका–२ मल्लाज बसोबास गर्ने सागर अधिकारी प्रमाण सहित दावि गर्न प्रहरीमा पुगेपछि सडकमा सिक्री भेटाउनुभएकी केसीले प्रहरीको रोहोवरमा उक्त सिक्री अधिकारीलाई उपलब्ध गराउनुभएको थियो । अधिकारीले केसीलाई आफ्नो हराएको सिक्री भेटाएर उपलब्ध गराएको भनी धन्यबाद ज्ञापन समेत गर्नुभएको छ । केसी बेनीमा रहेको हिंसा प्रभावितका लागि आपतकालिन केन्द्रकी प्रमुख समेत हुनुहुन्छ ।