ताजा अपडेट
कतारमा अस्ताए म्याग्दीका हरि
- 4 महिना, 9 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
तिलु शर्मा पौडेल दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१... पुरा पढ्नुहोस
जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा
- 4 महिना, 9 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी, भदौ १३ । जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिका ४ नाउरामा बेलिब्रिज जडान
- 4 महिना, 9 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी १३ भदाै । म्याग्दीकाे धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ। म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ। हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७... पुरा पढ्नुहोस
अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु
- 4 महिना, 9 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी, १३ भदौ : म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बिस्फोट गराई सुरुङ... पुरा पढ्नुहोस
तातोपानी कुण्डमा पूर्वाधार थपिए, प्रविधिमैत्री बनाउने तयारी
- 4 महिना, 9 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्यागदी १२ भदौ । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक उपचार केन्द्रको रुपमा ख्याती कमाएको तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । जमिनमुनीबाट निस्कने प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्ड सहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्ड लगायतका पूर्वाधार निर्माण भैसकेको छ । तातोपानी कुण्डमा... पुरा पढ्नुहोस
मल्कबाङ्ग समाज युकेको पहलमा मृगौला पीडितलाई आर्थिक सहयोग
- 4 महिना, 10 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कबाङ्ग (मलम्पार)का मृर्गौला पीडित घरमाया सिर्पालीलाई मल्कबाङ समाज युकेको पहलमा आर्थिक सहयोग गरिएको छ । ४३ बर्षिय सिर्पालीको मृगौला फेल भएपछि मल्कबाङ्ग समाज युकेको पहलमामा मलबाङ्गवासी र गैर मल्कबाङ्ग वासीहरुले सहयोग गरेको हुन् । घर माया सिर्पालीको मृगौला फेल भएको दलित उत्थान केन्द्र मलम्पारको सामाजिक संजाल... पुरा पढ्नुहोस
थासाङ हिउँपहिरो : थुनिएको बोक्सीखोला बग्न थाल्यो
- 4 महिना, 10 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले... पुरा पढ्नुहोस
सडकको नक्साङन टुङ्गो लगाउन नसक्दा ताताेपानी कुण्डकाे करोडौँको योजना कार्यान्वयन भएन
- 4 महिना, 10 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विनियोजित करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन हुन नसकेको हो । अन्नपूर्ण गाउँपालिका–२... पुरा पढ्नुहोस
भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा
- 4 महिना, 10 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना... पुरा पढ्नुहोस
बेनी-जोमसोम-कोरला सडक : सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम
- 4 महिना, 10 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग... पुरा पढ्नुहोस