ताजा अपडेट

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख पारित

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरेकाे छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि कुल ६० करोड ७६ लाख... पुरा पढ्नुहोस

जलजलाको बजेट ५९ करोड ५४ लाख पारित

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित भएको... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख बजेट पारित

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ७१ करोड ८० लाख २७ हजार बजेट पारित गरेको छ । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न १७ औं नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपमेयर ज्योति लामिछानेले पेश गर्नुभएको बजेट छलफल सहित पारित भएको हो । सभामा... पुरा पढ्नुहोस

मंगलामा ४४ करोड ६१ लाख बराबरकाे बजेट पारित

म्याग्दीको मंगला गाउँपालिकाले  आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट पारित गरिएकाे हाे । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले आउँदो वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा ४६ करोड दुई लाख बजेट पारित

म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त बजेट... पुरा पढ्नुहोस

लायन्स क्लब लभ्लीहिल र लियो क्लबद्धारा ज्ञानोदय माविमा सहयोग

लायन्स क्लव अफ बेनी लभ्लीहिल र लिओ क्लव अफ बेनी लभ्लीहिलले म्याग्दीको रघुगंगा गाउँपालिका – ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयका बालबालिकाहरुलाई सहयोग गरेको हो छ । क्लबले विद्यालयका कक्षा ५ सम्मका बालबालिका र दृष्टिविहिन स्रोत कक्षाका गरी कुल ६० जना विद्यार्थीहरूलाईस टिफिन बक्स, स्टेसनरी सामग्रीहरू तथा सरसफाइका सामग्रीहरू वितरण... पुरा पढ्नुहोस

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित, गुर्जामा सडक पुर्याउने, युवालाई सहुलियत ऋण दिने

९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४६ करोड ५६ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो... पुरा पढ्नुहोस

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल... पुरा पढ्नुहोस

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी, असार ८- जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो । चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु १९ लाख ९३ हजारमा... पुरा पढ्नुहोस

सिमानामा म्याग्दी जेसीजद्धारा स्वागत बोर्ड स्थापना

म्याग्दी जेसीजद्वारा म्याग्दी र बाग्लुङ जिल्लाको सिमा क्षेत्र बेनि नगरपालिका वडा नं. १ रत्नेचौरको ढोडेनी खोला क्षेत्रमा म्याग्दी जिल्ला मा भित्रीने पर्यटक हरु लाई जिल्ला को पर्यटन प्रवर्दन तथा चिनारी को लागि स्वागत बोर्ड स्थापन गरिएको छ। म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीको नेतृत्वमा गएको म्याग्दी जेसीजको टोलीले म्याग्दी... पुरा पढ्नुहोस