ताजा अपडेट

म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर

म्याग्दी , ७ भदौ । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । बेशीँदेखि हिमाली क्षेत्रसम्मको भूगोलमा फैलिएको यस जिल्लामा हिउँदे र बर्खे गरी दुई सिजनमा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलु खेतीको विस्तार र व्यावसायिकता बढेसंगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारी खेतीको रुपमा... पुरा पढ्नुहोस

हिमपहिरो थुनिएको बोक्सी खोलाको सहायक खोलाको पानी बग्न थाल्यो

म्याग्दी, ७ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलाको बिचबाट खसेको हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ । शुक्रवार दिउँसो करिब साढे १ बजे ठूलो आवाज सहित हिमपहिरो खसेपछि मुस्ताङको बोक्सी खोलाको सहायक खोला थुनिएको थियो । हिमालबाट खसेको हिमपहिरो बुकीको चौर र हिमालको फेदीबाट... पुरा पढ्नुहोस

मुस्ताङको बोक्सी खोलामा हिम पहिरो खस्यो

मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सी खोलामा हिमपहिरो खसेको छ।  कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो।  हिमपहिरोले पुरिएर बोक्सीखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द... पुरा पढ्नुहोस

लोभलाग्दो रुइसेको सुन्दरता

६ भदौ, म्याग्दी। रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान।घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता ।  समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका... पुरा पढ्नुहोस

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा सन्दिप खत्री

बेनी, ५ भदौ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिव सुप्रेणा किसान र कोषाध्यक्षमा शिव गौतम चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको सिरूबारी पहिरोमा खसेको ढुंगाले बसमा लाग्दा दुईजना घाईते

म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस

म्याग्दीका ताल तलैयामा र शक्तिपिठमा भक्तजनको घुइँचो

म्याग्दी,३ भदौ । जनैपूर्णिमा पर्वको अवसरमा लेकाली क्षेत्रमा रहेका ताल तलैया र शक्तिपिठमा पूजापाठका लागि भक्तजनको घुइँच बढेको छ । सोमबार परेको जनैपूर्णिमा पर्वको अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपिठहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारानी, रघुगंगा गाउँपालिका–८ को रिखार, वडा नम्बर... पुरा पढ्नुहोस

लेकाली क्षेत्रका तालतलैया र शक्तिपिठमा भक्तजनको घुइँचो

    https://www.youtube.com/watch?v=r0hXy1b3M-Y   म्याग्दी,२ भदौ । जनैपूर्णिमा पर्वको अवसरमा लेकाली क्षेत्रमा रहेका ताल तलैया र शक्तिपिठमा पूजापाठका लागि भक्तजनको चहलपहल बढेको छ । सोमबार परेको जनैपूर्णिमा पर्वको अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपिठहरुमा आजदेखि नै भक्तजनहरुको चहलपहल बढेको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारानी, रघुगंगा... पुरा पढ्नुहोस

माओवादीको म्याग्दी–काठमाडौ सम्पर्क समितिको नयाँ नेतृत्व चयन

काठमाडौ, २ भदौ । नेकपा (माओवादी) केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क समितिको पाँचौ भेलाबाट नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीमा जन्मिएर पेशा, ब्यवसाय, अध्ययनको शिलशिला र बसाई सराई गरेर काठमाडौमा बस्दै आएका माओवादी केन्द्र समर्थकहरुको काठमाडौमा शनिबार भएको भेलाबाट रेशम कटुवाल क्षेत्रीको अध्यक्षतामा समितिको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको... पुरा पढ्नुहोस

बेनीमा परम्परागत ‘बर्षे नाच’ को रौनकता, परम्परागत संस्कृति जोगाउन युवाहरु सक्रिय

म्यागदी  १ भदौ ।  म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्षेनाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै देखाउन थालिएको परम्परागत बर्षेनाचलाई नेवार समुदायको अगुवाईमा निरन्तरता दिदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शी देखी सुरु भएको बर्षे नाच हरितालीका तीजको दिनसम्म एक महिना बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषा... पुरा पढ्नुहोस