नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

  • २२ भाद्र २०७४, बिहीबार
  • 2948 पटक पढिएको

म्याग्दी, २२ भदौ । नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशिल पत्रकार कमल खत्री चयन भएका छन् । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिको शाखा बिस्तार कार्यक्रम अन्तर्गत विहिवार बेनीमा भएको पत्रकारहरुको भेलाले पत्रकार खत्रीको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो ।

पर्यटन पत्रकार संघ म्याग्दीको उपाध्यक्षमा ठाकुर प्रसाद आचार्य, सचिबमा निर्मल खत्री, कोषाध्यक्षमा सावित्रा सुवेदी र सह–सचिबमा राकेश शर्मालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हरिकृष्ण गौतम, गोपाल छन्त्याल, सन्तोष गौतम, अमित विश्वकर्मा, धिरन खत्री र सन्दिप खत्रीलाई चयन गरिएको छ ।

त्यस्तै महाधिबेशन प्रतिनिधिमा पदम विश्वकर्मालाई चयन गरिएको र एक सदस्य पछि थप गरिने बताईएको छ । सो भेलाले सल्लाहकारमा पत्रकार घनश्याम खड्का र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मालाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको छ ।

नेपाल पर्यटन पत्रकार संघ जिल्ला शाखा म्याग्दीकोे अध्यक्षमा चयन भएका पत्रकार खत्रीले जिल्लाको पर्यटन विकासमा सञ्चार माध्ययमको तर्फबाट सहयोग गर्नका लागि संघको तर्फबाट रचनात्मक भूमिका खेल्ने प्रतिकृया दिएका छन् ।