गतिशील युवा क्लवद्धारा औषधी हस्तान्तरण
- २१ भाद्र २०७४, बुधबार
- धु्बसागर शर्मा
- 1349 पटक पढिएको
म्याग्दी, २१ भदौ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ वरंजामा अवस्थित गतिशील युवा क्लवले बरंजा स्वास्थ्य चौकीलाई करिब २ लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरेको छ ।बुधवार वरंजामा सम्पन्न एक कार्यक्रमका बीच क्लवले आफ्नो स्रोतवाट खरिद गरेको औषधी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले समाज परिवर्तनका लागि युवाहरुको सकारात्मक पहल आवश्यक रहेको बताउँदै युवाहरुलाई यस्तै रचनात्मक र सामाजिक कार्यहरुमा लाग्न आग्रह गर्नुभएको थियो । क्लवका अध्यक्ष रणबहादुर बूढाथोकीले क्लवले आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रम मंगला गाउँपालिका ३ का वडाअध्यक्ष कविन्द्र रोकाको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यता,ट्रेड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणी सापकोटा,गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी,वडा सचिव गोविन्द जिसी र हेल्थपोष्ट इन्चार्ज विश्व श्रेष्ठको आतिथ्यता, क्लवका अध्यक्ष रणवहादुर बूढाथोकीको स्वागत र शिक्षक कृष्णलाल सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।