आफन्तको पुण्यतिथीको अवसरमा शान्तिकोषलाई सहयोग
- २१ भाद्र २०७४, बुधबार
- 1587 पटक पढिएको
म्याग्दी, २१ भदौँ । आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् ।
बेनी नगरपालिका ७ न्युरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौ पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाचँसय रुपियाँ सहयोग गुर्नभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । आर्थिक अभावमा उपचारबाट बञ्चित भएका म्याग्देलीहरुको उपचारमा कोषले थालेको अभियानलाई सफल बनाउन सो रकम परिवारतर्फको हस्तान्तरण गरिएको हो ।
हालसम्म कोषमा पाचँसय भन्दा बढीले आजिवन सदस्यता लिएका छन् । ३० भन्दा बढी विरामीले ओमकुमारी शान्तिकोषको सहयोगबाट उपचार प्राप्त गरिसकेका छन् ।