ताजा अपडेट
मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनको जित, दोश्रो संविधानसभाको बदला लिदै तुलाचन बिजयी
- 7 बर्ष, 8 महिना अगाडि
- २२ मंसिर २०७४, शुक्रबार
मुस्ताङ । प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ निर्वाचन क्षेत्र रहेको मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनले जित हाँसिल गरेका छन् । पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ०७० सालको दोश्रो संबिधानसभा निर्वाचनमा भोगेको पराजयको बदला लिदै हिमालपारी मुस्ताङमा बामगठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन बिजयी भएका छन्... पुरा पढ्नुहोस
म्याग्दीमा मतगणना सुरु, प्रारम्भीक नतीजामा बाम गठबन्धनको अग्रता (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- २१ मंसिर २०७४, बिहीबार
म्याग्दी, २१ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा आजदेखि मतगणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेबाट मतगणना सुरु गरिएको हो । मतपत्रको सुरक्षा र सुरक्षित तवरले मतगणना कार्य सम्पन्न गर्नका लागि तारबारको घेराभित्र मत गणना... पुरा पढ्नुहोस
सडकबाट उद्धार गरिएका वृद्धलाई खान र बासको जिम्मा मानव सेवा आश्रमले लियो
- 7 बर्ष, 8 महिना अगाडि
- २० मंसिर २०७४, बुधबार
म्याग्दी, २० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धलाई उद्धार गरि मानव सेवा आश्रम बागलुङमा पु¥याईएको छ । सडकमा विरामी अबस्थामा रहेका म्याग्दीका मालिका गाउँपालिका क्षेत्रमा घर भएका ६३ बर्षका टेकबहादुर पुनलाई बेनीका स्थानीय युवाहरुले उद्धार गरी जिल्ला अस्पतालमा उपचार पश्चात उनको संरक्षणको... पुरा पढ्नुहोस
मुस्ताङको मतगणना स्थलमा सिसी टिभी र तारबार
- 7 बर्ष, 8 महिना अगाडि
- २० मंसिर २०७४, बुधबार
मुस्ताङ । पहिलो चरणको मंशिर १० गते भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रको प्रतिनिधि, प्रदेशसभा र समानुपातिक तर्फको मतगणना भोली बिहिवार साँझ ५ बजे देखि सुरुआत हुदैछ ।१ प्रतिनिधि र २ प्रदेशसभा भएको हिमालपारी मुस्ताङको मतगणना कार्यलाई चुस्त ,भरपर्दो र पारदर्शी ढंङ्गले व्यवस्थित गराउँन गणना स्थलमा तारजाली लगाईएको मुख्य निर्वाचन... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्ले साक्षर वडा घोषणा (फोटो फिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- २० मंसिर २०७४, बुधबार
म्याग्दी, २० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाका तीन वटा वडालाई साक्षर वडा घोषणा गरिएको छ । बुधवार रघुगंगा गाउँपालिका–१ बेगखोला, २ भगवती र ३ पिप्लेलाई साक्षर वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाका ५ वटा वडा साक्षर घोषणा भएका छन् । यस अघि वडा नम्बर ४ दग्नाम र... पुरा पढ्नुहोस
भकिम्लीमा पशु स्वास्थ्य शिवीर
- 7 बर्ष, 8 महिना अगाडि
- २० मंसिर २०७४, बुधबार
बेनी २० मंसिर । बेनी नगरपालीका ३ भकिम्लीमा मंगलबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । बेनी नगरपालीका, वडा र पशु सेवा कार्यालयको आयोजनामा शिवीर सञ्चालन गरिएको हो । ग्रामिण क्षेत्रका कृषकहरुलाई पशुपंक्षिको स्वास्थ्यप्रती जागरुक बनाउने र गाउँमै प्राबिधिक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन भएको जनाइएको छ । शिवीरमा... पुरा पढ्नुहोस
म्याग्दीमा मतगणनाको तयारी
- 7 बर्ष, 8 महिना अगाडि
- १९ मंसिर २०७४, मंगलवार
म्याग्दी १९ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । निर्वाचन आयोगको कार्यतालीका अनुसार दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस
जोमसोममा स्वास्थ्य स्वयंसेविकालाई सम्मान
- 7 बर्ष, 8 महिना अगाडि
- १९ मंसिर २०७४, मंगलवार
मुस्ताङ । १४ औ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर घरपझोङ गाउँपालिकाका ५ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलवार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।घरपझोङ गाउँपालिकाको आयोजनामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई हौसला र प्रोत्साहित गराउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो । ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा,स्वास्थ्य र... पुरा पढ्नुहोस
सडकको चिसोमा रात कटाउँदै आएका वृद्धलाई उद्धार गरि अस्पतालमा भर्ना
- 7 बर्ष, 8 महिना अगाडि
- १९ मंसिर २०७४, मंगलवार
म्याग्दी, १९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धको स्थानीय युवाहरुले उद्धार गरी उपचारको लागि अस्पताल पु¥याएका छन् । बेनीको खुलामञ्च क्षेत्रमा खुला आकासमा रात कटाउँदै आएका ६३ बर्षका टेकबहादुर पुन नाम बताउने बृद्धलाई अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले उद्धार गरेका हुन्... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार
- 7 बर्ष, 8 महिना अगाडि
- १९ मंसिर २०७४, मंगलवार
म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ । म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी... पुरा पढ्नुहोस