देविस्थानकी मृगौला पिडित घर्तिको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल

  • १५ माघ २०७४, सोमबार
  • 4193 पटक पढिएको

म्याग्दी, १५ माघ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानकी मृगौला पिडित नरु घर्तिको उपचारको लागि आर्थिक सहयोग गर्न उनको घरपरिवारले अपिल गरेका छन् ।

दुबै मृगौला फेल भई पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचाररत ४५ बर्षिय घर्तिको जिवनरक्षाको लागि आर्थिक सहयोग गरि उपचारमा सहयोग गर्न उनका घरपरिवारले आह्वान गरेका हुन् ।

घरपरिवारको आर्थिक अबस्था कमजोर रहेको र विरामीको उपचारमा लाखौँ खर्च भैसकेको तथा थप रकम जुटाउन समस्या भएपछि सहयोग गर्न आह्वान गरेको उनका आफन्त हरि बुद्धुजाले बताउनुभयो ।

उहाँका अनुसार, घर्तिको उपचारमा अहिलेसम्म ८ लाख बढी खर्च भैसकेको र घरपरिवारको सम्पूर्ण आर्थिक स्रोत नै उपचार जुटाउँदा सकिएकाले सबै क्षेत्रबाट उहाँको उपचारमा सहयोग जुटाईदिन अनुरोध गरिएको छ ।

(सहयोग गर्नेहरुका लागि थप जानकारी सहित सम्पर्क नम्बर ९८२१३०४८८२ सुना घर्ति)