ताजा अपडेट

मल्लाज स्वास्थ्य चौकीको व्यवस्थापन समिति गठन

पर्वत, २१ पुस । पर्वतको जलजला गाउँपालीका ३ मा रहेको मल्लाज स्वास्थ्य चौकीको शुक्रबार विकास समिति गठन भएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को अध्यक्षतामा ७ सदस्यीय विकास समिति गठन भएको हो । चौकीका प्रमुख गोरे नेपाली सदस्य सचिव रहनुभएको समितिको उपाध्यक्षमा निरु जिसी, सदस्यहरुमा रघुनाथ आचार्य, चित्रनाथ रेग्मी,... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा अपांगता परिचयपत्र वितरण शिविर

म्याग्दी २१ पुष । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि पोखरेबगरमा दुईदिने अपाँगता परिचपत्र शिविर सुरु भएको छ । गाउँपालिका भित्र अपाँगता परिचयपत्र नपाएर सरकारी सेवासुविधाबाट बञ्चित भएकाहरुका लागि महिला तथा बालबालिका कार्यालय बेनी र जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरेर शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाका प्रमुख क्या.डमबहादुर पुनले वडा ७ का... पुरा पढ्नुहोस

बेनी खानेपानीको अध्यक्षमा पुन:श्रेष्ठ

म्याग्दी २१ पुष । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन: सुवासकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संस्थाको शुक्रबार बेनीमा सम्पन्न १८ औ साधारणसभाबाट श्रेष्ठलाई चौथो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा टंक हमाल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा... पुरा पढ्नुहोस

बमको छर्राले गुमेको आँखाको उपचारमा सहयोग गर्न सुकुम्बासी सुनारको याचना (भिडियो सहित)

https://www.youtube.com/watch?v=ZzifPqOUtsk म्याग्दी, २१ पुस । म्याग्दी बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारले आफ्नो आँखाको उपचारमा आर्थिक सहयोगको अपिल गर्नुभएको छ । ९ बर्ष अगाडी बमको छर्राले दुई वटा आँखाको ज्योती सहित एउटा हात समेत गुमाएका सुकुम्बासी सुनारले डाक्टरहरुले एउटा आँखाको उपचार सम्भव रहेको बताएकाले उपचारको लागि आर्थिक सहयोग गर्न सार्वजनिक रुपमा... पुरा पढ्नुहोस

बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको अठारौँ साधारण सभा सम्पन्न

म्याग्दी, २१ पुष । स्वच्छ पानी स्वस्थ जीवन भन्ने मुल नाराका साथ सदरमुकाम बेनीलाई खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको अठारौ साधारणसभा शुक्रबार बेनी सम्पन्न भएको छ । सो साधारण सभालाई उद्घाटन गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सदरमुकाम बेनीबजारबासीलाई निरन्तर वितरण गरिएको स्वच्छ खानेपानीलाई आगामी... पुरा पढ्नुहोस

तातोपानी कुण्डमा स्नानको भिड

म्याग्दी, २१ पुष । म्याग्दीको बेनी नगरपालिका ४ सिगाँमा रहेको प्रसिद्ध तातोपानी कुण्डमा पुष माघको जाडो सिजनमा स्नान गर्ने मानिसहरुको भिड लागेको छ । उपचारको रुपमा प्रसिद्ध रहेको तातोपानी कुण्डमा विरामी संगै अन्य मानिसहरुको भिड लाग्ने गरेको हो । तातोपानी कुण्डमा डुब्नेको भिड भएपछि त्यहाँ पुरुष र महिलाको समय तालिका... पुरा पढ्नुहोस

मुसुङमा माघे संक्रान्ति मेला हुँदै

म्याग्दी, २१ पुस । म्याग्दीको बेनी नगरपालिका–मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा खेलकुद तथा साँस्कृतिक मेला सुरु हुने भएको छ । यहि पुस ३० गतेदेखि माघ ५ गतेसम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको मेला आयोजक स्वर्गाश्रम युवा क्लबले जनाएको छ । मेलाको अबसरमा पुरुष, महिला भलिबल, तारा खेल, मैत्रीपूर्ण... पुरा पढ्नुहोस

‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ गित छायांकन ( सुटिङ रिपोर्ट सहित)

https://www.youtube.com/watch?v=owiHeC22XIE&feature=youtu.be म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ की नवगायिका झरना बराईली आफ्नो पहिलो साङ्गितिक कोशेली ‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ बोलको गित बजारमा ल्याएकी छिन् । बराईलीले तयार गरेको पहिलो गितलाई म्युजिक भिडियो समेत तयार गर्न लागिएको छ । म्याग्देली कलाकार प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द संकलनमा तयार गरिएको लोकदोहोरी... पुरा पढ्नुहोस

धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग

म्याग्दी, २१ पुष । इटाली जाने क्रममा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीका धनमान पूर्जाका परिवारलाई बेल्जीयमबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार धनमानकी श्रीमती दालसुवा... पुरा पढ्नुहोस

परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा ७७ जनाले सेवा लिए

  म्याग्दी, २० पुस । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भएको निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरबाट ७५ जनाले सेवा लिएका छन् । गत पुष १२ देखी २० गतेसम्म बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ, अर्मन स्वास्थ्य चौकी, भुरुङ तातोपानी स्वास्थ्य चौकीमा आयोजित शिविरमा २४ जना महिलाले... पुरा पढ्नुहोस