पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको साधारणसभा
- २० फाल्गुन २०७४, आईतवार
- 1947 पटक पढिएको
बेनी, १९ फागुन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको दसौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।
साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने वातावरण बनाउन शिक्षा कार्यालय, स्थानीय तह, विद्यालय र व्यवसायीहरुले समन्वय तथा पहल गर्नुपर्ने बताउनुभयो ।
महासंघका जिल्ला अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता, मुकुन्द आचार्यको स्वागत मन्तब्य र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सुर्दशन श्रेष्ठ र केन्द्रिय सदस्य लिलाराम गौतमले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । साधारणसभाले सचिव पौडेलको प्रगति र कोषाध्यक्ष गोविन सिउथानीको आर्थिक प्रतिवेदन पारीत गरेको छ ।