प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल संसद भवन भित्र
- १९ फाल्गुन २०७४, शनिबार
- 2015 पटक पढिएको
काठमाडौं, १९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।
भवनभित्र उनी एक्लै गएका थिए। संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए। कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए। पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्। एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन्। संघीय सांसदहरुको शपथआइतबार हुँदैछ।
-अंगद ढकाल/कान्तिपुर
