अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक सम्पन्न

  • १८ फाल्गुन २०७४, शुक्रबार
  • 2853 पटक पढिएको

म्याग्दी, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै विस्तारित बैठक सम्पन्न भएको हो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाको स्थानीय संरचनाअनुसार रहेर संगठन विस्तार लागि कार्यविभाजन गरेको छ। देशको आमुल परिवर्तनका लागि १० बर्षे जनयुद्ध र विभिन्न आन्दोलनबाट दिएको योगदानलाई विधार्थीमाझँ पु¥याउन गाउँपालिका केन्द्रित संगठन विस्तारका लागि संयोजक तोकिएको हो ।


सो विस्तारित बैठकलाई सम्वोधन गर्दै अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाले देशको राजनीतिक र सामाजिक परिवर्तनलाई विद्यार्थीले गरेको योगदानलाई जनता माझँ पु¥याउन संघिय संरचनाअनुसार रहेर विद्यालयमा संगठन विस्तार गर्नु प्रमुख कार्यभार रहेकोब ताए ।

२१ औ शताब्दीको जनवादले संघियता ल्याएको हुदाँ यसको कार्यान्वयनमा नेकपा माओवादी केन्द्र र निकट संगठन इमान्दार भएर मात्र सफल भएको सापकोटाल बताए । बालुवाको कणले घर बने जस्तै १० बर्षेे जनयुद्ध र आन्दोलनमा विद्यार्थीको योगदानले देश र जनताको पक्षमा स्वतन्त्र अधिकार ल्याएको हुदाँ यसलाइ कार्यान्वयन गर्न संघिय संरचनाअनुसार राजनीतिक सिद्धान्तको संगठन विस्तार आवश्यक रहेको बताउदै संगठन विस्तार गर्न आग्रह गरेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द्र पोडेलले प्रकृतिमा सुन्दर फुल प्रशस्त भएको हुदाँ विधार्थी नेताहरुले संगठन बलियो बनाउन माला बुन्न आवश्यक रहेको बताए । विद्यार्थी नेताहरुलाई राजनीति संगै आत्मर्निभर बन्न सक्ने बातावरण पनि सिजर्ना गर्न आग्रह गरेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका फ्याक्सन इन्चार्ज कुशल पौडेल शुभकामना मन्तव्य राखेका थिए । भने नेकपा माओवादी केन्द्रका बेनी नगरकमिटि अध्यक्ष शेरबहादुर केसी र अनेरास्ववियू केन्द्रिय सदस्य विजय सापकोटाको उपस्थित रहेको थियो ।

सो बैठकमा संगठनका सचिवालय सदस्य तथा विभिन्न क्याम्पसमा अध्ययनरत विधार्थीको संगठनको गतिविधि राखेका थिए ।