सेटिङ मै सबै कुरा : भित्रको अन्तर कथा

  • २६ माघ २०७३, बुधबार
  • 1147 पटक पढिएको

nu

सुनिल शर्मा,काठमाडौं । कमजोर सुरक्षा व्यवस्था, अस्थिर राजनीति र खुल्ला सिमानाका कारण अन्तर्राष्ट्रिय माफिया गिरोहले नेपाललाई आफ्नो कृडास्थल बनाउन थालेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट हुने सुन र लागू औषध तस्करीको कुरा नौलो होइन । पञ्चायतकालदेखि नै यस्तो तस्करी सञ्चालनमा थियो ।

तर अहिले राजनैतिक परिवेश बदलिनुसँगै तस्करीको प्रयोग पनि नयाँ ढंगबाट सेटिङ मै सबै कुरा प्रहरी, प्रशासन, भन्सार, मन्त्री सबै मिलेको पाइएको छ । केहि दिन अगाडि प्रहरीले बरामद गरेको ३४ किलो सुन प्रहरीले व्यापक प्रचारमा ल्याएको छ ।

तर सुन तस्करीको बास्ताविक मालिक नेपाल प्रहरीको नेतृत्व र अपराध अनुसन्धान विभागलाई थाहा भएपनि यसलाई रहस्यकै गर्भमा लुकाउने काम भएको छ । सुन तस्करीको आजसम्मको इतिहासमा एउटा पनि वास्ताविक सुन तस्कर नाइके पक्राउ परेको छैन । जति पक्राउ परेका छन सबै भरिया मात्र पक्राउ परेका छन् ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल यो सुन तस्करीलाई नियमित भएको बताउनुहुन्छ । महानिरीक्षक अर्यालका अनुसार सुन तस्करीमा ठूलाबडा नै संलग्न छन् । उहाँले संसदीय समितिलाई पनि यस्तै जानकारी गराउनु भएको छ ।

आश्चर्यको कुरा त के छ भने सुन तस्करी नियमित हो र यसमा ठूलावडा संलग्न छन् भने प्रहरीले किन पक्राउ गरेर तस्करी नियन्त्रण गर्दैन ?

स्रोतका अनुसार सुन तस्करीमा अपराध अनुसन्धन विभागदेखि प्रहरी महानिरीक्षकको सचिवालयसम्म यसमा संलग्न छ । भन्सार, अर्थमन्त्रालय गृह मन्त्रालय सबै सेटिङमा चलेको छ । दैनिक ९० किलोसम्म सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएर आउने गरेको छ ।

हाल भारत सरकारले भारतीय नोटमा लगाएको पावन्दी र दुवईमा भारत सरकारको अनुरोधमा अन्तर्राष्ट्रिय माफिया सरगना दाउद इब्राहिमको १५ सय करोडको सम्पत्ति यूएई सरकारले जफत गरेपछि हवाईमार्गबाट सेटिङ मै सुन तस्करी चलेको छ ।

सुनमा दाउद इब्राहिमको कारोबार विगतदेखि नै जोडिएको हुँदा जहाँ सुन त्यहाँ ड्रग्स र हतियारको अवैध कारोवार जोडिएको छ । भन्ने बुभ्mनेलाई गाह्रो छैन ।

यो सुन तस्करीको वास्ताविक मालिक दाउद इब्राहिम नै हो । यसमा शंका गर्ने कुने ठाउँ छैन । तर नेपालबाट दाउदसँग पार्टनरसिपमा काम गर्ने प्रत्यक्ष अप्रत्यक्ष व्यक्तिहरु रहेका छन् । विगतमा जमिम शाह, मिर्जा दिल सादवेग थिए ।

ति सबैको हत्या भारतीय गुप्तचर संस्थ ‘रअ’ले काठमाडौं मै गराएको थियो । अहिले न्यूरोडस्थित बराह ज्वेलर्स यो सुन तस्करीमा दाउदसँग साझेदारीमा कार्यरत छ । बराह ज्वेलर्सका मालिक ईन्द्र कुमार लामिछाने विक २०६९ माघमा हङकङमा छोटाराजन गिरोहले हत्या गरेको थियो ।

अहिले छोरा शिवकुमार लामिछाने विकले आफ्नो बाबुको कामलाई निरन्तरता दिँदै आएका छन् । चीनको गोन्जाउमा दाउदसँग कै साझेदारीमा सुन पसल खोलेको छ । शिवकुमारले नै काठमाडौंबाट सुन तस्कर व्यापारीहरुसँग रकम उठाउने र हुण्डी मार्फत दुवई, हङकङ रकम पठाएर सुन तस्करीलाई निरन्तरता दिईरहेका छन् ।

माओवादी कार्यकालमा धरानमा सामान्य सुनचाँदी पसले ईन्द्रकुमार लामिछानेले लुटेको सुन गलाएर माओवादीलाई सहयोग पु¥याए वापत उनको प्रचण्डसँगको सम्बन्धलाई आज छोरा शिवकुमार लामिछानेले निरन्तरता दिईरहेका छन् । सुनचोरी तस्करी भएर लुकाउने ठाउँ ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको छ ।

विगतमा डकैति गरेका ९६ लाख बराबरको सुन खरिदको मुद्धा जिल्ला प्रहरी कार्यालय ललितपुरमा रहेको छ ।
यो सुन तस्करीमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री कृष्णबहादुर महरा, अजय सुमार्गीको सेटिङमा प्रहरीको अपराध अनुसन्धान विभागदेखि विमानस्थल भन्सारसम्मको सेटिङ छ । ठूला वडाको संलग्नता भनेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संकेत गर्नुभएको पनि यहि हो ।

यस अघि वामदेव गौतम गृह र उपप्रधानमन्त्री हुँदा सुन तस्करीमा बदनाम भएका थिए । अहिले प्रचण्ड नेतृत्व सरकार नै सुन तस्करीको सेटिङमा रहेको बताईन्छ । सुन तस्करीको प्रवृत्ति र प्रकृति हेर्दा अन्तर्राष्ट्रिय सञ्चाल नै सक्रिय रहेको देखिन्छ । ]

यति ठूलो कारोबार सानाबाट सम्भव नै छैन । यो त संगठीत योजनाका साथ भईरहेको छ । यति ठूलो परिणाममा खपत हुने नेपालमा सुनको बजार नै छैन । त्यसैले यो सबै भारत तर्फ तस्करी भएर जान्छ ।

तातोपानी नाका अवरुद्ध भएपछि रसुवाको केरुङ र हुम्लाको हिल्साबाट पैदलमार्ग भएर चीनबाट सुन नेपाल भित्रिने गरेकोमा माथिल्लो सेटिङ मिलेपछि हवाई मार्गबाटै सुन तस्करीलाई निरन्तरता दिएको छ ।

‘लाईन’मा सहभागीबीच कमिशनमा बाँडफाँड गर्दा कुरा नमिलेपछि मात्र सुन पक्राउ हुने गर्छ । अहिले पनि दैनिक ४० देखि ५० किलो सुन तस्करी भईरहेको छ ।

नेपालमा सुनको माग वार्षिक २० किलो मात्र छ तर यहाँ दैनिक ९० किलोसम्म हवाईमार्गबाट सेटिङ मै ओसारिन्छ भने यसमा प्रधानमन्त्रीदेखि अर्थ, गृह र प्रहरी प्रशासन मिलेको स्पष्ट देखिन्छ ।

मुलुकभित्र अव छिट्टै ठूलो परिणाममा लागू औषध, डलर र अवैध हतियार फेला प¥यो भने आश्चार्य हुने छैन । किनभने सुन तस्करीको सम्बन्ध लागू औषधसँग गाँसिएको छ ।

३४ किलो सुनको कथा
बुधबार नेपाल प्रहरीलाई फोन मार्फत एउटा जानकारी आयो । साउदी अरेबियाबाट गोपालबहादुर शाहीले ठुलो परिमाणमा सुन लिएर आउँदैछन् भन्ने ।

आउने समय रिपोर्ट भयो, आउँदै गरेको फ्लाईट नम्बर र शाहीसँगै लगेजको फोटोपनि । सोही सूचना र फोटो बोकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो ।

रिपोर्टमा उल्लेखित समयमा नै गोपालबहादुर शाही विमानस्थलमा उत्रिए । शाहीको २ वटा फोटो र लगेजको भिन्दै फोटोे भेटेको प्रहरीले शाहीलाई चिन्न मुस्किल थिएन तर उनको साथमा कुनै लगेज नै नभएको भेटेपछि भन्ने प्रहरी अधिकारी सुचना गलत भएको अनुमान गरे ।

उनीहरु केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवाललाई यो बिषय जानकारी गराए । तर सिलवालले पिछा नछोड्न निर्देशन दिए ।

तर प्रहरी अधिकारीहरुले शाहीको लगेजबारे कुनै पत्तो पाउन सकेनन् । त्यसपछि प्रहरीले सुराकी दिनेसँग फेरी लगेजबारे गुहार माग्यो । सुनले भरिएको शाहीको लगेज बिहिबार मात्रै आउँदै थियो ।

बुधबार खाली हात फर्केको प्रहरी अधिकारीको टोली शाहीलाई ‘फलो’ गर्दै बिहीबार फेरि विमानस्थल पुग्यो । तर गोपाल शाहीले आफूलाई प्रहरीहरुले पिछा गरेको कुनै भेऊ पाएनन् ।

उनी सरासर आफ्नो लगेज लिन भन्सार पुगे । बरु विमानस्थलका कर्मचारीहरु निक्कै चनाखो थिए । उनीहरुलाई थाहा थियो त्यो लगेज भित्र विमानस्थलकै सेटिङमा केही बस्तु आउँदै थियो । यसकारण भन्सारको चेकिङमा कार्यरत कर्मचारीले सोधपुछ नै नगरी उनको लगेज दिए ।

शाही विमानस्थलबाट निस्किए नजिकै रहेको ट्याक्सी पार्कबाट १ हजार भाडा दिनेगरी जोरपाटीका लागि ट्याक्सी चढेर एयरपोर्टबाट गौशालातर्फ आए । तिलगंगामा आउँदा जब प्रहरीले उनको ट्याक्सी रोक्यो अनि झस्किए । शाहीलाई कुरेर बसेका थिए प्रहरीले । प्रहरीले बा.४च ९११४ नम्बरको कार समेत नियन्त्रणमा लियो । तर मुख्य सुन तस्करबारे भने अहिलेसम्म केही खुल्न सकेको छैन ।

सिआइबीले तीनै जनालाई नजिकको महानगरीय प्रहरी वृत्त गौशाला ल्यायो । सुटकेस खोल्नुअघि प्रहरीले मिडियालाई बोलायो । त्यतिबेला साढे २ बजेको थियो । उनीहरूसँग कति सुन छ भन्ने प्रहरीलाई जानकारी थिएन । ३ बजे पत्रकार टोली वृत्तमा जम्मा भइसकेका थिए ।

पत्रकारका क्यामेरा अगाडि सिआइबीकी एसपी मिरा चौधरी, डिएसपी प्रवीण पोखरेल लगायतले सुटकेस खोल्न थाले । सुटकेसभित्र किचेनका सामानदेखि गाडीका पार्टपुर्जासम्म थिए । बोतलको आकारमा केही गह्रौं डब्बाहरू थिए । निकै मेहनतपछि मात्र उक्त बोतल आकारको वस्तु प्रहरीले खोल्यो । त्यसभित्र बिस्कुट आकारमा सुनका टुक्राहरू थिए, जुन कार्बन पेपर र टेपले बेरेर राखिएको थियो ।

यति बलियोसँग ती सुन बेरेर राखिएको थियो कि प्रहरीलाई खोल्नै करिब डेढ घन्टा लागेको थियो । ‘१० तोलाका दुई सय ८२ वटा सुनका बिस्कुट रहेछन् ।’ सुन निकालिसकेपछि पसिना पुछ्दै सिआइबीकी एसपी चौधरीले भनिन् ‘औँठी १९ वटा र १८ वटा सुनजडित माला पनि बरामद भएको छ ।’

दुई सय ८२ वटा सुनका बिस्कुटको तौल करिब ३२ किलो ८ सय ८१ सय ग्राम थियो । त्यस्तै, औँठी र माला करिब ६ सय ८४ ग्राम बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद सुन करिब १५ करोड मूल्य बराबरको छ । प्रहरीले एकैपटक बरामद गरेको यो दोस्रो ठूलो परिमाण हो ।

विमानस्थलबाटै तस्करी भई आएको यति धेरै परिमाणको सुन भने पहिलोपटक बरामद भएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । विदेशबाटै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनी बताउँछन् । तस्करीको सुन कसको भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।

स्रोतका अनुसार सोधपुछका क्रममा पक्राउ परेका शाहीले विमानस्थलका भन्सार र सुरक्षा निकायका उच्च अधिकारीहरूले नै सहयोग गरेको संकेत गरेका छन् । भन्सारको स्क्रिनिङमा सुन लगायत अवैध वस्तु कर्मचारीलाई थाहा हुन्छ ।

तर ३३ किलो सुन एउटै सुटकेसमा लुकाउँदा पनि थाहा नपाउनुले यसमा मिलेमतो रहेको प्रहरीको दाबी छ । स्रोतका अनुसार सुन रहेका ब्यागहरूबारे भन्सारका कर्मचारीलाई पहिले नै सूचना दिइएको हुन्छ, जसका कारण उनीहरूले ती ब्यागहरूमा चेकजाँच गर्दैनन् ।

पक्राउ परेका तीन युवकमध्ये शाही बुधबार साउदी अरेबियाबाट एयर अरेबियाको विमानबाट नेपाल आएका थिए । उनलाई बिहीबार मात्र एयरलाइन्सले लगेज ल्याइदिएको थियो । सुटकेसमा विभिन्न सामानभित्र सुन लुकाइएको थियो । शाहीले ल्याएको सुन लिन जानेमा थापा र काफ्ले छन् । उनीहरू भरिया मात्र हुन् ।

विमानस्थलबाट हुने सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका शाही ६ दिनअघि मात्र साउदी अरेबिया गएका थिए ।

सुन तस्करीकै लागि उनी पाँचपटक साउदी गइसकेका छन् । पक्राउ परेकाहरूमाथि विस्तृत अनुसन्धान नगरी सार्वजनिक गर्दा मुख्य तस्करलाई भने भाग्न सहज भएको छ ।

प्रहरीले पक्राउ गरेलगत्तै मिडिया मार्फत सार्वजनिक गरेको थियो । सुन लिन जोरपाटीमा बसेका दुई युवक काँडाघारीबाट आएका थिए । उनीहरूमाथि विस्तृत अनुसन्धान गर्न बाँकी रहेकाले मुख्य तस्कर पत्ता नलागेको डिआइजी सिलवाल बताउँछन् ।

विगतमा प्रहरीले बरामद सुनको १५ प्रतिशत कमिसन पाउने गरेका थिए । तर, अहिले जतिसुकै सुन बरामद गरेपनि पाँच लाख रुपैयाँ मात्र कमिसन पाउँछन् । कमिसनको विषयमा पटक–पटक विवाद भएपछि सरकारले भन्सार चोरी–पैठारीसम्बन्धी नियमावली संशोधन गरी कमिसन घटाएको हो ।

पाँच लाखभन्दा कम मूल्यको सामान बरामद गरे त्यसको १० प्रतिशत तथा पाँच लाख वा सोभन्दा माथिको सामान बरामद गरे पाँच लाख सुराकी पाउने प्रावधान राखिएको छ । चार वर्षअघि सिआइबीले नै बरामद गरेको ३४ केजी सुनको कमिसनको विषयमा सिंगो प्रहरी नै बदनाम भएको थियो ।

सुराकीले पाउने कमिसन पनि आफैले राख्न लागेको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । जुन विवाद हालसम्म टुंगिएको छैन । कसिमन घटाएपछि प्रहरीले पनि पहिलेजस्तो सुन बरामद गर्न चासो दिएको छैन ।

सुन तस्करीमा धेरै नाफा भएकाले पनि ठूलो मात्रामा नेपालमा सुन तस्करी हुने गरेको छ । भन्सार नतिरी सुन भित्र्याउँदा एक किलोमा करिब पाँच लाख नाफा हुने गर्दछ । अहिले बजारमा सुनको अभाव रहेकाले पनि तस्करी बढेको हो । तस्करीको सुन राजधानीका सुन पसलबाटै बिक्री हुने गरेको विगतका प्रहरी अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

चीनबाट सडकमार्ग हुँदै आउने सुन प्रहरीले पटक–पटक बरामद गरे पनि विमानस्थलबाट आउने सुन ठूलो परिमाणमा यसरी बरामद भएको यो पहिलोपटक हो । सुन तस्करीमा हुन्डी कारोबारको सम्बन्ध समेत जोडिएको छ । हुन्डीको कारोबार मिलाउन साउदीबाट नेपालमा सुन तस्करी भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । सुन र हुन्डीको कारोबारमा एउटै समूह संलग्न छन् ।

त्रिभुवन विमानस्थलमा कार्यरत डिआईजी गोविन्द निरौलाले विदेशबाट आउने सामानको भन्सारले मात्र चेकजाँच गर्दै आएको र त्यो अधिकार आफूहरुलाई नभएको बताएका छन् । डिआईजी निरौला भन्छन, ‘कोही व्यक्तिलाई शंका लागेको खण्डमा मात्र हामीले नियन्त्रणमा लिएर खानतलासी गर्न पाउँछौँ ।

भन्सार चेकजाँचबाटै ठूलो परिणाममा सुन पास भएपछि एयरपोर्ट भन्सारका कर्मचारीमा छानबिनमा तानिएका छन् । चेकजाँचमा संलग्न कर्मचारीमाथि आफूले छानबिन सुरु गरेको विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘सुन बरामद भएको थाहा पाएलगत्तै स्क्रिनिङमा संलग्न कर्मचारीमाथि सोधपुछ गरेको छु । सिसिटिभी फुटेज पनि सुरक्षित राखेर थप अनुसन्धान अघि बढाइएको छ, ठूला घटना पत्ता लगाउने सिआइबीले पनि सायद यसमा कर्मचारीको मिलेमतो भए–नभएको पत्ता लगाउनेछ ।’

एसएसपी पक्राउ र बयान
सुन तस्करीको अनुसन्धान गरि रहेको सीआईबीले तस्करीमा संम्लग्न एसएसपी श्याम खत्रीलाई आइतबार प्रहरी प्रधान कार्यालयबाट गिरफ्तार गरेपछि सुन तस्करीमा कम्बल ओढेर घिउ खाने ठुलाबडा भन्नेहरुको एउटा लामै फेहस्ति बयानका क्रममा एसएसपी श्याम खत्री र त्रिभुवन विमानस्थल भंसार कार्यालयमा १९ वर्ष देखि कार्यरत श्रीनारायण यादवले दिएपछि सिआईबीलाई सुन तस्करीका बास्तविक नाइके पक्राउ गर्न गाह्रो भएको अनुसन्धानमा संम्लग्न एक उच्च प्रहरी अधिकृतले बताएका छन् ।

ति प्रहरी अधिकारीका अनुसार पुर्व अख्तियार प्रमुख लोकमानसिंह र्काी देखिप्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल सम्मको नाम एसएसपी श्याम खत्रीले पोलेका छन् । तर सिआईबीले भने यस सम्बन्धमा अनुसन्धान भइरहेकाले केहिबोल्न नमिल्ने बताएका छन् ।

सुन तस्करीमा माथिल्लो निकाय देखि प्रहरी प्रशासन र भंसार कर्मचारीको सेटिङ स्पष्ट देखिएको छ । भंसारमा कार्यरत श्रीनारायण यादवले अख्तियार प्रमुख लोकमानसिंह कार्की देखि प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याल सम्मलाई सेवा प्रदान गरेकै कारण उनी त्यहाँ टिकेका थिए ।

सुनतस्करीको सेटिङमा लोकमानसिंह कार्की प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, वामदेव गौतम, गृहमन्त्री विमलेन्द्र निधि, अर्थमन्त्री कृष्ण बहादुर महरा, क्याप्टेन रामेश्वर थापा, उपेन्द्र महतो, अजय सुमार्गी र प्रचण्डका पुत्र प्रकाश दाहालसम्मको नाम बयानका क्रममा मुछिएको छ ।

भारतीय गुप्तचर अधिकारीहरुले भारतको नयाँ दिल्लीमा गत साता ठुलो परिणाममा डलर र साउदी रियाल बरामद गरेपछि नेपालको सुन तस्करीमा त्यस्को कनेक्सन फेला परेको हो । स्रोत भन्छ , यो सुन तस्करीमा विगतदेखि नै दाउद गिरोहको डी कम्पनी संम्लग्न रहेका कारण यसको अन्तराष्ट्रिय ज्याकेट सम्म प्रहरी आफै संम्लग्न भएको हुनाले पुग्नलाई गाह्रो भएको छ ।

लोकमानसिंह कार्की अख्तियार प्रमखु भएपछि प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई साथ लिएर सुन तस्करी विगत तिनवर्षदेखि अत्यन्त सावधानी र गोप्य रुपमा भईरहेको थियो । जब लोकमान निलम्बनमा परेर पदबाट हटेपछि प्रहरी महानिरिक्षक अर्यालको अवकास हुने वालामा आएर सिआईबीले सुन तस्करहरु माथि धावा बोल्यो ।

अर्थ मन्त्री कृष्णबहादुर महराले आफुहरु साना माछा भएको र ठुला माछा अरु नै भएको सार्वजनिक अभिव्यक्ति दिएर सुन तस्करीको नेटवर्कमा प्रचण्ड देखि लोकमान हुँदै आईजीपी सम्मलाई संकेत गरेर उम्किए पनि सुन तस्करीको नेटवर्कमा रहनेहरुले धेरै उच्च घरानीयाँहरलाई समेत पोलेपछि नेपालमा दाउद गिरोहको पकड मजबुद बनेको विश्वास गरिएको छ ।

पुर्व गृहमन्त्री वामदेव गौतम सुनतस्करीमा विगत देखि नै वद्नाम व्यक्तित्वहुन भनेपछि पछिल्लो चरणमा सत्ताको दुरुपयोग गर्दै प्रचण्डले अजय सुमार्गी मार्फत सुनमा लगानी गरेको देखिन्छ भने प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले लोकमानको वैशाखी केटेर आफ्ना मित उपेन्द्र महतो मार्फत सनुमा हात हालेको बताइन्छ ।

सुन तस्करीको इतिहासलाई हेर्दा विगतमा पनि नेपाल प्रहरीका तत्कालिन प्रहरी महानिरिक्षक डिबी लामाको संलग्नता र जेल यात्रालाई विर्सन सकिदैन ।

त्यसपछि पनि निरन्तर थुप्रै उच्च प्रहरी अधिकृतहरुले सुनकै कारण जेल यात्रा र जागिर गुमाउन पर्ने तितो यथार्थ छ । सुन तस्करी सम्बन्धमा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको संलग्नता र उल्लेखीत व्यक्तिहरुका बारेमा सम्पर्क गर्न खोज्दा अर्याल सुर्खेत जानु भएकाले सम्पर्क हुन सकेन ।

अन्य व्यक्तिहरुका बारेमा अनुसन्धान जारी रहेकाले सीआईबीका डिआईजी नवराज सिलवालले यति मात्र भन्नु भयो जो सुकै भए पनि छोडिदैन, हामी अनुसन्धानको नजिक छौं ।

दाउद सदस्य पक्राउ
अण्डर वल्र्ड डन साउद इब्राहिम सदस्य बारा जिल्ला निवासी सम्सुर होदा दुवईबाट काठमाडौं ओर्लिदा प्रहरीको विशेष व्युरोले हालै पक्राउ गरेको छ ।

भारतको रेल्वे स्टेशनमा र कानपुरमा १४० जनाको हत्या हुनेगरि होदाले बम विस्फोट गराएका थिए । होदा शरद सिंह भण्डारीको मधेशवादी पार्टीबाट सांसदमा चुनाव समेत लडेका थिए ।

होदा नक्कली भारु र सुनको अबैध कारोबारमा दाउद गिरोहको नेपाल हेर्ने सदस्य रहेको खुलासा भएपछि नेपालमा दाउद गिरोहको पकड मजबुद भएको देखिन्छ ।

हालको ३४ किलो सुनसँगै दाउद गिरोहको सदस्य पक्राउ पर्नुले नेपाल प्रहरी प्रशासन भित्रको सुनतस्करी नेटवर्क छताछुल्ल भएको छ ।