म्याग्दीमा जेसीज सप्ताह मनाउन सुरु

  • १० जेष्ठ २०८२, शुक्रबार
  • 5 पटक पढिएको

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि जेसीज सप्ताह मनाउन सुरू भएको छ । शुक्रवार एक कार्यक्रमका बिच जेसीज सप्ताहको सुभारम्भ संगै अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
सप्ताहको शुभारम्भ गर्दै म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका– ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले म्याग्दी जेसीजले युवा र विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै जिल्लामा सामाजिक संघसंस्थामा जेसीजको पहिचान स्थापित भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष क्लबका अध्यक्ष उत्तम कर्माचार्यले म्याग्दी जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससंगै जिल्लामा खेलकुद,, कला संस्कृति र पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत रचनात्मक कार्यहरु गरेको बताउनुभयो ।  जेसीज सप्ताहको पहिलो दिन आयोजित निबन्ध लेखन प्रतियागितामा विभिन्न ९ विद्यालयबाट १७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।म्याग्दी जेसीजका  शाखा अध्यक्ष बिनोद घर्ती क्षत्रीको अध्यक्षता, स्वागत मुल संयोजक सञ्जन श्रेष्ठ र सञ्चालन प्रतियोगिताका संयोजक गोकुल सुनारले गर्नुभएको थियो । जेसीज सप्ताहको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता, प्रभाबकारी उद्घोषणकला तालिम, मेरो विद्यालय कार्यक्रम, अन्तरजेसीज हाजिरी जवाफ प्रतियोगिता, रक्तदान र अन्तरमावि लोकनृत्य प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।