घरका छँत माथी दाउरा सजाउने चलन

  • २६ माघ २०७३, बुधबार
  • सुन्दर कुमार थकाली
  • 1445 पटक पढिएको

ccccc (1)

मुस्ताङ, १८ माघ । उहिले उहिलेको चलन ! पुराना सख्खर माटोले बनेका मुस्ताङका घरहरुमा छत माथी दाउरा सजाउने चलन कायमै छ ।लस्करै सजाईने कलात्मक संस्कृतिको रुपमा स्थापित छत माथी दाउरा पाज्ने चलनले हिमालपारीको परम्परागत संस्कृतीको संरक्षणमा योगदान दिएको मान्न सकिन्छ ।पुरानो भनाई अनुसार छत माथी सजाईएका दाउरा हेरेर स्थानीय कती संम्पन्न छन् भन्ने आँकलन गथ्र्थे । छतमा दाउरा सजाएर राख्ने प्रचलनले शिङ्गो मुस्ताङको सास्कृतिक परिचय समेत दिने गरेको छ ।

घरको छतमा दाउरा पाजेर सजाउने चलन ज्यादै पुरानो हो ।उतीबेला बैवाहिक जीवनका लागि केटा र केटी पक्ष बीच छतकै दाउरा हेरेर संम्पतीको लेखाजोखा गरी बिवाह गर्ने प्रचलन थियो ।सास्कृतिक रुपमा बिकसित भएको छतमा दाउरा सजाउने चलन मुस्ताङका १६ गाविसमा हालसम्म पनि बिद्यमाननै छ ।सदरमुकाम जोमसोमका स्थानीयहरु मध्यरातमा उठेर दाउरा टिप्न जंगल तर्फ लाग्ने गर्छन् ।उनीहरुलाई जंगल पुग्न ३ समय घण्टा लाग्छ,भने दाउरा टिपेर घर फर्किदा बिहानको दश बज्ने गर्दछ ।दाउरा टिप्न जादाँ सख्या निर्धारण हुदैन।व्यक्ति वा झोपाले पर्याप्त दाउरा खोजेर ल्याउन सक्छन् ।गाउँलेले सुकेका दाउरा बाहेक काँचो दाउरा काट्न बन्देज गरेको छ ।

जिल्लामा यातायातको पहुँच बिस्तार नहुदा घरमा पालिएका चौपायाको खुराक देखि दाउरा दैनिक जिविकोपार्जनको मुख्य साधन मानिन्थ्यो । स्थानीयले दैनिक उपभोग्य बस्तको ढुवानी,खेतवारी खनजोत,ु मल ढुवानी र जंगलबाट ल्याईने दाउरा ओसार पोसार गर्न घोडा खच्चड र झोपा पाल्ने चलन छ ।

तर जिल्लामा यातायात बिस्तार भए लगत्तै स्थानीयले घोडा खच्चड पाल्न छाडेका छन,भने चौथाईले मात्र झोपा पाल्न छाडेका छैनन् ।पछिल्लो समय यातायात शहज हुन थालेपछि दाउराको प्रयोग ७० प्रतिशत कम हुदै गएको स्थानीयवासीको भनाई छ ।उनीहरुका अनुसार जिल्लामा संञ्चालित अधिकाँश होटल तथा रेष्टुरेन्टहरुले खाना पकाउने एलपी ग्याँस नै प्रयोग गर्ने गरेको पाईन्छ ।तर कृषि पेशामा आवद्ध स्थानीयहरुले मात्र दाउरा प्रयोग गर्ने गरेको पाईन्छ ।

दाउरा बिशेष गरी घरेलु मदिरा उत्पादनमा बढी प्रयोग हुने गरेको छ ।जोमसोममा एक झोपा दाउराको मुल्य १२ सय पर्ने गर्छ ।एक झोपाले बोकाएर ल्याएको दाउरामा दुई भारी दाउरा ठहर्छ । उपल्लो देखि तल्लो मुस्ताङमा हिउँदे दुई महिना जंगलको दाउरा फुकुवा गरिन्छ ।मुखिया शासन प्रणालीमा आधारित मुस्ताङ जिल्लामा बन उपभोक्ता समिति र मुखिया टोलीको निर्णयमा जिल्ला बाहिरका मानिसहरुको बस्ती बिस्तार बृद्धि हुदै जान थालेपछि स्थाानीयलाई पन्ध्र दिन र बाहिरबाट आएकाहरुका लागि एक साता मात्र दाउरा टिप्न फुकुवा गरिदै आएको छ ।

जिल्लामा घोडा,खच्चड लोप हुदै गएपछि स्थानीयले दुर्लभ रुपमा रहेको झोपा र आफैल बोकेर दुई कोष परबाट दाउरा ढुयानी गर्दे आएका छन् ।वर्षेनी हिउँदे एक महिना जती दाउरा फुकुवा गरे पनि अन्य समय बिभिन्न गाउँका प्रतिनिधिहरुले दाउरा टिप्न बन्देज गर्ने गरेका छन् ।झोपा पालेका तर बनमा गएर दाउरा संङ्कलन गर्न नसक्ने र बनमा गएर दाउरा संङ्कलन गर्न सक्ने तर झोपा नभएकाहरुले अधिया दाउरा बाँडफाड गरेर एक अर्का बीचको आवश्यकता पूर्ती गर्दे आएका छन् ।

कलात्मक शैलीमा घरका छत माथी दाउरा सजाउन ठिनी,स्याङ,मार्फा र टुकुचेका स्थानीयहरु माहिर छन् ।ती गाउँहरुको जंगल पनि अरु गाउँको तुलनामा केहि नजिक भएकाले दाउरा ढुवानीमा सहज छ। निकै प्राचिन शैलीमा निर्मित एक आपसमा जोडिएका ती गाउँका घरहरुमा रहेका छतका दाउराहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई सांस्कृतिक कलाको आत्मबोध गराउने गरेको छ ।बिशेष गरी थकाली पर्व तोरन्ल अवसरमा स्थानीयवासीले आफ्नो घरलाई चुनले पोतेर चम्काउने गर्छन् ।ती पोतिएका घर माथीका दाउराले मुस्ताङका घरहरु बेग्लै आर्कषण देखिने गर्छ ।

सुन्दर कुमार थकाली