बरुवालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीबाट दुई लाख ९१ हजार सहयोग

  • २७ आश्विन २०८२, सोमबार
  • 1 पटक पढिएको

टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती, घट्ट निवासी ३४ बर्षिय प्रकाश बरुवालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले करिब रु ३ लाख सहयोग गरेका छन् । टाउकोमा नसा सम्बन्धि गम्भिर स्वास्थ्य समस्याबाट पिडित भई सल्यक्रिया मार्फत उपचार गराइरहनुभएका बरुवालको उपचारमा राखु समाज अष्टे«लियाको पहलमा रु २ लाख ९१ हजार २७५ संकलन गरिएको हो ।
अष्ट्रेलियामा रहनुभएका राखुबासीबाट संकलन भएको उक्त सहयोग रकम विरामीका आफन्तको बैँक खातामा जम्मा गरिएको राखु समाज अष्टे«लियाका सचिब आशिष कार्कीले जानकारी दिनुभयो । समाजले यसअघि पनि राखु क्षेत्रमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । अष्ट्रेलियाबाट प्राप्त सहयोगले उपचारमा राहत मिलेको भन्दै परिवारजनले सहयोगदाताहरुलाई आभार प्रकट समेत गरेका छन् । रोजगारको शिलसिलामा दुबईमा रहेका बेला टाउकोमा नसा सम्बन्धि गम्भिर स्वास्थ्य समस्याबाट पिडित हुनुभएका बरुवालको नेपालमा पुनः सल्यक्रिया सहितको उपचार गर्नुपर्ने र उपचारमा ठूलो आर्थिक स्रोत जुटाउनुपर्ने भएकाले निजको परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सहयोगको लागि आफन्तजनले अपिल गरेका थिए । बरुवालको दुबइको जेबेल अली अस्पतालमा टाउकोको सल्यक्रिया गरिएको थियो । हाल थेरापी उपचार गराइरहनुभएका बरुवालको टाउकोको हड्डी पुनः राख्नका लागि सल्यक्रिया सहितको उपचार गर्नुपर्ने भएकाले सहयोगदाताबाट सहयोगको अपिल गरिएको हो। घरमुली रहनुभएका बरुवाल आफै विरामी भएको र परिवारको अन्य आम्दानीको स्रोत नभएपछि उपचारमा समस्या भएको हो ।