बोलेरो जीप दुर्घटनामा चौध जना घाईते, चार जनालाई थप उपचारको लागि पोखरा रेफर
- २२ आश्विन २०८२, बुधबार
- 1389 पटक पढिएको
म्याग्दी , २२ असोज । म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा चौध जना घाइते भएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका– ८ कुइनेखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेर घाइते भएकाहरुको प्रदेश अस्पताल बेनीमा उपचार भैरहेको छ ।
घाइतेमध्ये कुइनेखानीका पूर्ण छन्त्याल,रिता छन्त्याल,नन्दा छन्त्याल र बिना छन्त्याललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको अस्पतालले जनाएको छ । ओरालो बाटोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको प्रारम्भीक अनुसंधानबाट खुलेको र जीपका चालक चन्द्र पूर्जालाई अनुसंधानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
जीप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको थियो । दुर्घटनामा परेकाहरुको स्थानीयबासी, जनप्रतिनिधि र नगरप्रहरी र सुरक्षाकर्मीहरुले उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि पु¥याईएको थियो । अधिकतम छ जना क्षमताको बोलेरो जीपमा क्षमता भन्दा धेरै सवार भएकाले दुर्घटनामा धेरै जना घाईते भएका छन् ।