बेलढुङ्गाबाट देखिएको सुर्योदयका झलकहरु (फोटोफिचर)

 

म्याग्दी, १६ कात्तिक। सूर्योदयका बेला विस्तारै घामका राता किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गरेका दृष्यहरु बेलढुङ्गामा पुगेका पर्यटकले देख्दा आनन्दानुभूति गर्छन। सुर्योदयको दृष्य म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गाबाट देखिन्छ ।


पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको बेलढुङ्गाबाट देखिने सुर्योदयको दृश्य र दृश्यावलोकन गर्न म्याग्दी र बागलुङबाट आन्तरिक पर्यटकको भिड लाग्ने गर्छ ।


बेनी नगरपालिका– ३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिकाको–३ ओखलेको सिमानामा पर्ने २ हजार ६८८ मिटर उचाईमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाबाट दुई जिल्लाको सक्रियतामा बनेका पूर्वाधारले सुर्योदय र दन्ते लहरका हिमालहरु हेर्ने पुग्ने पर्यटकलाई सहज बनाएको बेनी नगरपालिका–३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।


पुनहिलबाट भन्दा राम्रो सुर्योदयको दृष्य देख्न सकिने बेलढुङ्गामा सडक, पदमार्ग, भ्यूपोईन्ट बनाईएको छ। यहाँबाट पूर्वी रुकुमको चुरेन हिमाल देखि गोर्खाको मनास्लु हिमाल देख्न पाईन्छ। सबै हिमाल देख्न पाईने एक मात्र पर्यटकियस्थल बेलढुङ्गालाई चिनिन्छ ।