प्रकाश माविले मनायो ७१ औं वार्षिकोत्सव

  • ९ पुष २०८०, सोमबार
  • 223 पटक पढिएको

 

बेनी, ९ पुस । सदरमुकाम बेनीमा रहेको प्रकाश माविले ७१ औ वार्षिकोत्सव विविध कार्यक्रमसहित सोमबार मनाएको छ।

प्रकाश माविको प्राङ्गणमा आयोजित वार्षित्सवको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा मेयर केसीले विद्यालयको प्रकाशपुञ्ज पुस्तक पनि विमोचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवीन कुमार श्रेष्ठको अध्यक्षतामा सम्प्न्न बार्षिकोत्सव कार्यक्रममा प्रअ लेखबहादुर हमाले प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा उपाधी विजेता विद्यालयका खेलाडी, उतकृष्ट शिक्षक, कर्मचारी, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यार्थीहरुले सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरका जनप्रतिनिधि, विद्यालयका पूर्व शिक्षक, अभिभावक, ब्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।