पुर्वमन्त्रीको घरमा प्रहरीले छापा मार्दा २०० करोड फेला परेपछि…कार्बाही यस्तो हुने तयारी

  • २० पुष २०७४, बिहीबार
  • 3145 पटक पढिएको

एजेन्सी । ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो । मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो ।

उक्त रकम गर्न सातवटा मेशिनको प्रयोग गरिएको थियो । सिन्हाको रिपोर्ट अनुसार संघीय प्रहरीले पहिलो पटक यति ठुलो रकम जफत गरेको हो । नोटहरुको संख्या यति धेरै थियो कि कैयौ सुटकेश र बक्स भरिएको थियो । यो रकम भ्रष्टचारको मामिला अन्तर्गत जम्मा गरिएको छ । उक्त घर सात महिनादेखि नजरबन्दमा रहेका लिमासँग जोडिएको बताइएको छ । सन् २०१६ मा उनलाई भ्रष्टचारको मुद्धा लागेपनि उनले आफ्नो पदबाट राजिनामा दिएका थिए ।

उनले राष्ट्रपति माइकल टिमरको कार्यकालमा ६ महिनासम्म सचिव पद सम्हालेका थिए । रिपोर्टका अनुसार लिमाले पुर्व संस्कृति मन्त्री मारसेलो कालेरो र उनको परिवारको एक रियल स्टेट प्रोजेक्टलाई मान्यता दिने दबाब दिएका थिए । तर, उक्त प्राजेक्ट ऐतिहासिक धरोहर विभागको तर्फबाट प्रतिबन्धित रहेको थियो ।पुर्व राष्ट्रपति डिल्मा राउसेफको कार्यकालको समयमा लिमा २०११–१३ सम्म सरकारी बैंक कैक्साको शीर्ष अधिकारी रहेका थिए ।

रियोलाई लिएर अर्को ठुलो खुलासा अर्को तर्फ रियो ओलम्पिकलाई लिएर एउटा ठुलो खुलासा भएको छ । ब्राजिल प्रहरीले रियो ओलम्पिक २०१६ मा धेरै ठुलो भ्रष्टाचार भएको बताएको छ । ब्राजिल पुलिस अधिकारीका अनुसार देशका ओलम्पिक प्रमुखले अन्तराष्ट्रिय ओलम्पिक समितिलाई घुस दिएको, रियो ओलम्पिकको स्वागतमा कार्यक्रम हासिल गर्ने षडयन्त्र रचिएको थियो । अन्तराष्ट्रिय भ्रष्टचारको समेत छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ । नेपालीपत्रबाट

पेरिसमा पहिलो नग्न पार्क – पुरा पड्नुहोस

फ्रान्सको पेरिसमा पहिलोपटक नग्नता मन पराउनेहरुका लागि नग्न पार्क खुलेसँगै उक्त पार्क अचेल चर्चित हुन थालेको छ । सानो बाटोले छुने अद्र्ध एकान्तमा रहेको बोइस डे भिन्सेन्नेस पार्कमा १० जना प्रकृतिप्रेमी घाँसमा पल्टिएर तातो घाममा शरीर सेकाउँदै छन् । फ्रान्सको राजधानीमा धेरै पहिलेदेखि नै यस्तो पार्कको आवश्यकता रहेको भन्दै माग गरिए पनि बल्ल यतिबेला सो धोको पूरा भएको छ । त्यहाँको मेयर अफिसले नग्न पार्कको स्थापना अझै प्रयोगात्मक चरणमा रहेको बताउँदै ‘खुला मन भएका मानिसहरु र खुला सार्वजनिक स्थान चाहनेहरुको पहलमै यस्तो पार्कको अवधारणा आएको’ बताएको छ ।

उक्त पार्कमा आउजाउ गर्नेका लागि नग्न केन्द्रमा जान ठूलो सूचना टाँसेर सतर्क गराइएको छ । उक्त नग्न पार्क अक्टोबर १५ देखि बिहान आठ बजेदेखि बेलुका साढे सात बजेसम्म खुला हुनेछ । फ्रान्समा रहेका ४०० भन्दा धेरै प्रकृतिप्रेमीहरुका लागि बनाइएका बिच र क्याम्प साइटमा लाखौंको संख्यामा मानिसहरुले नग्नताका पक्षमा उभिएर नग्न रुपमा प्रस्तुत भएर खुला रुपमा प्रकृतिको आनन्द लिन्थे । त्यस्तै पेरिसको एक सार्वजनिक पुलमा साताको तीन दिन पूर्ण नग्न रुपमा पौडन छुट दिइन्छ ।

-लुकेको समाज