जेलमा रहेका अधिकारकर्मी एलेससहित दुई संस्थाले पाए नोबेल शान्ति पुरस्कार

  • २१ आश्विन २०७९, शुक्रबार
  • 545 पटक पढिएको

काठमाण्डाै २१ असाेज । यस वर्ष (सन् २०२२) को नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ। यो वर्षको शान्ति नोबेल पुरस्कारबाट एक अधिकारकर्मी तथा दुई संस्थालाई सम्मानित गर्ने घोषणा गरिएको छ।

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की, रुसको मानव अधिकार सङ्गठन ुमेमोरियलु र युक्रेनको मानव अधिकार सङ्गठन ुसिभिल लिबर्टिजु लाई दिने निर्णय गरेको नोबेल छनोट समितिले जनाएको छ।

उनीहरूलाई युद्ध अपराध, मानवअधिकार हनन र शक्तिको दुरुपयोगको अभिलेखीकरण गर्ने उत्कृष्ट प्रयास गरेवापत पुरस्कारका लागि छानिएको समितिले जनाएको छ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुने बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की जेल जीवन बिताइरहेका छन्। कर छलीको आरोपमा हिरासतमा रहेका ब्याल्यात्स्कीलाई रिहा गर्न समितिले आह्वान गरेको छ। नोबेल छनोट समितिले यसअघि नै अन्य विधामा पुरस्कार घोषणा गरिसकेको छ।